Sorry, your browser does not support JavaScript! कारागारका कैदीको मृत्यु - Merodesh.news

कारागारका कैदीको मृत्यु

विराटनगर,  जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ ।

कैद भुक्तान गरिरहेका मोरङको सुन्दरहरैंचा नगरपालिका (साविकको इन्द्रपुर गाविस ९) घर भएका २५ वर्षीय उत्तम तामाङको मंगलबार मृत्यु भएको कारागारका स्वास्थ्यकर्मी अन्जनी पोखरेलले जानकारी दिइन् ।

जवरजस्ती करणी मुद्धामा तामाङलाई जिल्ला अदालत मोरङले २०७० साल बैशाख १६ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको थियो । पोखरेलका अनुसार लामो समयदेखि नशा सम्बन्धी समस्या रहेका तामाङको हृदयघातका कारण मृत्यु भएको हो ।

बिरामी भएपछि उपचारका लागि एम्बुलेन्समा कोशी अञ्चल अस्पताल लगिएको थियो । अस्पताल पु¥याउने वित्तिकै उनको मृत्यु भएको बताइएको छ । उनको शव आफन्तलाई जिम्मा लगाउनका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । तामाङलाई कारागारमा नाइकेको जिम्मेवारी पनि दिइएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]