Sorry, your browser does not support JavaScript! एक नम्बर प्रदेश सभाका सबै विषयगत समिति निस्क्रिय - Merodesh.news

एक नम्बर प्रदेश सभाका सबै विषयगत समिति निस्क्रिय

एक नम्बर प्रदेश सभामा २८ चैतमा निर्माण भएका ७ वटा विषयगत समितिहरु तीन महिना लागिसक्दा पनि अझै सक्रिय हुन सकेका छैनन ।

अझै सम्म समितिको संयोजक नै चयन भएका छैनन ।

जेष्ठ नागरिकले बैठक संचालन गर्न सक्ने भएपनि अझै सम्म कुनै पनि समितिले एउटा पनि बैठक गरेका छैनन ।

विराटनगर,  १३ असार । प्रदेश सभा र सरकारको काम कार्बाहीलाई सहयोग पुरयाउदै पारदर्शी र प्रभावकारी बनाउन प्रदेश सभा सञ्चालन नियमावली अनुसार एक नम्बर प्रदेश सभामा गठन भएका सात वटा बिषयगत समितिहरु सबै निस्क्रिय अवस्थामा छन ।

२८ चतैमा एक नम्बर प्रदेश सभा वैठकले प्रदेशसभा सञ्चालन नियमावली अनुसार सभा र सरकारको कामलाई सहयोग पुरयाउन बिभिन्न सात समितिहरु निर्माण गरेको थियो । तर निर्माण भएको तीन महिना पुगिसक्दा पनि अझै कुनै पनि समिति सक्रिय भएका छैनन ।  तीन महिना लागिसक्दा सम्म नत कुनै समितिहरुको संयोजक चयन भएका छन नत कुनै समितिले नियमावली अनुसार जेष्ठ सदस्यबाट बैठक नै संञ्चालन गरेका छन ।

एक नम्बर प्रदेश सभाले धमाधम कानुनहरु निर्माण गरिरहेको छ । तर अझैसम्म एउटा कानुनको विधेयक पनि बिद्यायन समितिमा दाफावार छलफल गरिएको छैन । दुई वटा बिधेयक प्रदेश सभाले बिद्यायन समितिमा छलफलका लागि पठाइ सकेको छ । तर कानुनी बिधेयकमाथि गहन छलफल गर्ने बिद्यायन समिति पनि अझै सम्म निस्कृय अवस्थामै छ ।

न्याय प्रशासन तथा बिद्यायन समिति समेत निस्कृय

प्रदेश सकारले सभामा प्रस्तुत गरेको कानुनी बिधेयकहरु आवश्यकता अनुसार छलफल गरेर पुन प्रदेश सभामा पेश गर्नकालागि प्रदेश सभाले १७ सदस्यि न्याय प्रशासन तथा बिद्यायन समिति गठन गरेको छ । तर उक्त्त समितिको पनि हाल सम्म एउटा पनि बैठक बसेको छैन । संसद सचिवालयका अनुसार यो समितिले २० असारमा बल्ल पहिलो बैठक बस्ने तैयारी थालेको छ ।

बिद्यायन समितिमा एक नम्बर प्रदेश सभाका मुख्य प्रतिपक्षि दलका नेता राजिव कोइराला, संघिय समाजबादी फोरमका संसदिय दलका नेता जयराम यादव , पतिपक्षी दल राप्रपाकी ईन्दिरा राई र संघिय लोकतान्त्रिक मञ्चकी बिष्णु तुम्वाहाम्फे सहित सत्ता पक्षका रामकुमार ओझा, ज्ञानेश्वर राजबंशी, साबित्री जोशी, बिमल कार्की बसन्तीदेवी यादब, लिलाबल्लभ अधिकारी, ईन्द्रमणी पराजुली, खिनुलंगवा लिम्बु र काँग्रेसका चन्द्रप्रसाद श्रेष्ठ ,चुमनारायण तवदार, शान्त पौडेल, टेकबहादुर आंगबुहांग, सौभाग्यवती राई सदस्य छन ।

अन्य समितहरु पनि निस्कृय

यसैगिर प्रदेश सभाले निर्माण गरेको १३ सदस्य सदस्यि सुशासन तथ योजना समिति, ११ सदस्यि अर्थसमिति र ९ सदस्य सदस्यि सार्वजनिक लेखा समिति निर्माण गरेको छ । यसैगरि । यसैगरि १३ जनाको सामाजिक विकास समिति र ११ जनाको उद्योग पर्यटन तथा वातावरण समिति र १२ जना सदस्य रहेको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति पनि निस्कृय छ । संयोजक नभएपनि जेष्ठ नागरिकले बैठक संचालन गर्न सक्ने नियम भएपनि समितिहरुको बैठक बस्न सकेको छैन ।

समिति संयोजक र बैठक संचालनबारे यस्तो छ नियमावलीमा व्यवस्था

प्रदेश सभा नियमावली अनुसार निर्माण भएको समितिका संयोजकहरु समिति सदस्यहरुको आन्तरिक निर्वाचनबाट चयन गरिनेछन । संयोजक निर्वाचित गर्दा समानुपातिक शमावेशितालाई ख्याल गर्नुपर्ने हुन्छ । समितिको संयोजक निर्वाचित नभएसम्म समिति भित्र रहेका जेष्ठ सदस्यले बैठक संचालन गर्न सक्नेछन ।

प्रदेश सचिवालयको भनाइ

एक नम्बर प्रदेश सभा सचिवालयका निमित्त सचिव लोकबहादुर भण्डारीले फास्ट ट्रयाकमा अति आवश्यक कानुन निर्माण गर्नुपर्ने बाध्यता बजेटको तैयारी लगायत बिभिन्न कारणले समितिहरुको व्यवस्थापनमा ढिलाई भएको बताए । तर बिजनेश आउन थालेपछि समितिहरु बैठक बस्ने तैयारीमा लागेको जानकारी गराए । उनले भने , —‘सभाले दुई वटा बिधेयकहरु पठाएपछि २० असारमा पहिलो चोटी बिद्यालय समितिको बैठक बसाउने निर्णय भैसकेको छ । ‘

समितिहरुलाई सक्रृय बनाउनुपर्छ — प्रदेश साँसदहरु

समितिहरु सक्रृय नहुँदा कानुन निर्माणमा ढिलाई भैरहेको प्रदेश साँसदहरुको गुनासो छ । संघियसमाजबादी फोरम संसदिय दलका नेता जयराम यादबले सभामुखले पहिलो बैठक बोलाएर अब सबै समितिलाई हरुलाई सक्रृय गराउनुपर्ने बताए । उनले भने ,— दलहरुले सबै समितिका सदस्यको नाम दिने काम सकेका छौ अब सक्रृय गराउने काम सभामुखले सुरु गर्नुपर्छ ।,

मुख्य प्रतिपक्षी दल काँग्रेसका सचेतक केदार कार्कीले सरकारका मन्त्रालयहरुले बिजनेश दिन नसक्दा समिति सक्रृय नभएको तर अव सक्रृय हुने बताए । प्रतिपक्षी दल संघिय लोकतान्त्रिक मञ्चकी बिष्णु तुम्वाहाम्फेले समितिहरुलाई सधै निस्कृय राख्न नहुने चाँडै पारदर्शी नेतृत्व चयन गरेर सक्रृय बनाउनुपर्छ भनिन । एक नम्बर प्रदेश सभाका सदस्य रामकुमार खडका प्रदेश सभाले निर्माण गर्ने कानुनहरु सोझै छलफल गरेर पारित गर्नु भन्दा पनि बिद्यायन समितिमा लगेर दफावार छलफल गरेर सभावाट पारित गर्नु उचित हुने बताए । साँसद ईन्द्रमणी पराजुलीले समितिले पुर्णता पाउन नसक्दा सक्रृय हुन नसकेको हो भने ।

उनले बिद्यायन समितिलाई मात्र नभएर सबै समितिलाई चाँडै नेतृत्व चयन गराएर सक्रृय गराउनुपर्नेमा जोड दिए । समितिहरु चलायनमान भएमा कानुनहरुको सान्र्दभिकता र र समस्याको गहनता बुझेर सभालाई बुझाउन अनि समस्याहरु अनुगमन अनुसन्धान गरेर आवश्यक निर्देशन गरेर काम कार्बाही सहज बनाउन सहयोग पुग्ने साँसदहरु बताउँछन । प्रदेश साँसद ओझा ‘ बिभिन्न कारणले ढिलो भएपनि अब समितिलाई सधै निस्कृय राख्नु हुन्न सभाले चाडो सक्रृय बनाउनुपर्छ ।,

कुन कुन समितिमा को को?

क) न्याय प्रशासन तथा बिद्यायन समिति

रामकुमार ओझा , ज्ञानेश्वर राजबंशी, साबित्री जोशी , बिमल कार्की बसन्तीदेवी यादब , लिलाबल्लभ अधिकारी, ईन्द्रमणी पराजुली, खिनुलंगवा लिम्बु, राजिव कोइराला, चन्द्रप्रसाद श्रेष्ठ, चुमनारायण तवदार, शान्त पौडेल, टेकबहादुर आंगबुहांग, सौभाग्यवती राई, जयराम यादब, ईन्दिरा राई, बिष्णु तुम्वाहाम्फे

ख) शुसासन तथा योजना समिति

भीमप्रसाद आर्चाय, तेजमान कन्दंगवा, हिराकुमार थापा, बलबहादुर साम्सोहांङ ,सुनिताकुमारी चौधरी, गुलेफन मियाँ, उषकला राई, शेखरचन्द्र थापा, ज्योति सुब्बा, सुर्यमाराज राई, धिरेन्द्र शर्मा, पुर्णप्रसाद राई, राधा थापा

ग)अर्थ समिति

राजनकुमार भटराई, यशोधा अधिकारी, अर्जुन राई, एकराज कार्की, पदमकुमार गुरुंग , जसमाया गजमेर, प्रतापप्रकाश हांगनाम, लिला सुब्बा, ओमप्रकाश सरावागी, पुर्णप्रसाद राजबंशी , रामकुमार राई,

घ) सार्वजनिक लेखा समिति

तुलसीप्रसाद न्यौपाने , बसन्तकुमार बानिया ,सरिता थापा , होमकुमारी सावा , आशा रत्न जवेगु , शिवनारायण गन्गाई , सज्जाकुमारी दनुवार , कुलप्रसाद साम्बा , कुसुमकुमारी श्रेष्ठ ।

ङ) समाजिक बिकास समिति

निरन राई ,गणेशकुमार काम्वाँङ , लक्ष्मण तिवारी , अम्बिका थापा , कृष्णकुमारी राई , राजेन्द्रकुमार राई , साबित्राकुमारी रेग्मी केदार कार्की , अमनलाल चौधरी , झलकसिँह दर्लामी , कल्पनाकुमारी सरदार ,रामचन्द्र लिम्बु , सिता थेबे ,

च) उद्योग , पर्यटन तथा वतावरण समिति

निलम बस्नेत , काजीमान कागते , श्रीप्रसाद मैनाली कला घले , बृद्धिकुमार राजभण्डारी , रामबहादुर मगर , मोहम्मद ताहिर मियाँ ,बिन्दिया काकी , बिद्यानन्द चौधरी , नारायण बुर्जा मगर , उमिता बिश्वकर्मा।

च) प्राकृतिक स्रोत तथा पुर्वाधार बिकास समिति

उत्तमकुमार बस्नेत , सर्वध्वज साँवा , उपेन्द्र धिमिरे , हिमाल कार्की , बृखबहादुर प्रधान , बिजय बिश्वास , मोहनकुमार खडका , नवोदिता चौधरी , अम्बिरबाबु गुरुंग,बिनादेवी राई ।

एक नम्बर प्रदेश सभाबाट हालसम्म १३ बिधेयक र १ नियमावली पारित

एक नम्बर प्रदेश सभाले हालसम्म प्रदेश सभा नियमावली २०७४,प्रदेश आर्थिक कार्यबिधि २०७४, बिनियोजन बिधेयक २०७५ , प्रदेशको सार्वजनिक लिखित प्रमाणीकरण बिधेयक २०७५ ,प्रदेश आकस्मिक कोष संचालन बिधेयक २०७५ ,गाउँनगर सभा संचालन बिधेयक २०७५ र जिल्ला सभा संचालन बिधेयक २०७५ मुख्य न्यायधिबक्त्ताको काम , कर्तव्य र अधिकार तथा सेवा र अन्य सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५ , मुख्य मन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक२०७५ , जिल्ला सभा र समन्य समितिका सदस्यहरुले पाउने सुबिधाको सम्बन्धमा व्यवस्थ गर्न बनेको बिधेयक २०७५ , प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिकर सुबिधा सम्बन्धि व्यवस्थ ागर्न बनेको बिधेयक२०७५ र गाउँ नगर सभाका सदस्यहरुले पाउने सुबिधाका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५ र मुख्य न्यायधिबक्त्ताको काम , कर्तव्य र अन्य सेवा सर्त र सुबिधा बिधेयक २०७५ बिनियोजन बिधेयक २०७५ , प्रदेश रेडियो टिभी संचालन बिधेयक २०७५ पारित गरिसकेको छ ।

दुई बिधेयक बिद्यायन समितिमा पठाइयो

हाल एक नम्बर प्रदेश सभामा प्रशासनिक कार्यबिधि नियमित गर्ने र जिल्ला समन्वय समिति र जिल्ला सभाको काम कर्तव्य र अधिकार सम्बन्धि बिधेयक २०७५लाई छलफलकालागि सभाको बिद्यायन समितिमा पठाइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]