Sorry, your browser does not support JavaScript! मानव बेचबिखन नियन्त्रणकालागि पत्रकारलाई छात्रवृत्ति - Merodesh.news

मानव बेचबिखन नियन्त्रणकालागि पत्रकारलाई छात्रवृत्ति

काठमाण्डौ , १३ असार।  द इम्पल्स एनजिओ नेटवर्क भारतले अति संवेदनशील विषय सिमा वारपार हुने मानव बेचबिखनका सवालमा भर्खरै पत्रकारिता पेशामा लागेका र मध्यम अनुभवका पत्रकारहरुलाइ दुई किसिमको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

‘द इम्पल्स एनजिओ नेटवर्क’ की संस्थापक एवम् अध्यक्ष हसिना खार्बीहले सिमापार क्षेत्रमा हुने मानव बेचविखन तथा ओसारपसार सम्बन्धि रिर्पाेटिङका विषयमा कलम चलाउन छात्रवृत्तिका प्रदान गर्ने घोषणा गरेकी हुन । उनले छात्रबृत्तीकालागि लागि आवेदन दिन ईच्छुक पत्रकारहरुलाई आह्वान गरेकी छिन् । पत्रकारीता क्षेत्रमा डिजीटल पत्रकारिता सिप र रिर्पोटिङ कलालाई बढावा दिने उदेश्यले अवैध रुपमा हुने गरेको मानव बेचविखनको रोकथामका साथै यस्ता समस्याको बारेमा खोजमूलक अनुशन्धान र वकालत गर्न पत्रकारको भूमिका महत्वपुर्ण हुने भएकोले छात्रबृत्ती प्रदान गर्न लागेको अध्यक्ष हसिनाले बताइन ।

भर्खरै पत्रकारिता पेशामा लागेका बंगलादेश, म्यानमार, भारत, र नेपालका पत्रकारहरुका लागि १ वर्षे र मध्यम अनुभवका पत्रकारहरुका लागि चार हप्ते गरि दुई किसीमको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

दूई किसिमको छात्रवृति

सीमापार मानव बेचबिखन सम्बन्धि रिर्पोटिङमा रुचि भएको पत्रकारलाई डिजीटल पत्रकारितामा योग्य बनाई संवेदनशील रिर्योटिङका लागि दक्ष पत्रकार तयार पार्ने। त्यसका लागि भर्खरै पत्रकारिता पेशामा लागेका बंगलादेश, म्यानमार, भारत, र नेपालमका पत्रकारहरुलाई लागि १ वर्षे छात्रवृति प्रदान गरिनेछ । मुलुकभित्र र छिमेकी राष्ट्रहरुको सीमावार पार गरी हुने मानव बेचविखन सम्बन्धि रिर्पोटिङमा विशेष रुचि भएका पत्रकारलाई संवेदनशिल तथा गहन किसीमका रिर्पोटिङका लागि बंगलादेश, म्यानमार, भारत, र नेपालमका पत्रकारहरुलाई चार हप्ते छात्रवृत्ति प्रदान गरिनेछ ।
यस छात्रवृत्तिमा पत्रकारहरुलाई विभिन्न देशका पत्रकारहरुसँगको सञ्जाल तयार पारी स्थानीय पत्रकार र विज्ञसँग काम गर्ने अवसर दिई विभिन्न सवालका विषयमा रिर्पोटिङ गर्नसक्ने बनाइनेछ ।
इच्छुक पत्रकारहरुले २५ असार २०७५ (९ जुलाई २०१८), सम्म आवेदन बुझाइ सक्नुपर्ने आयोजक संस्थाकाले जानकारी गराएको छ ।प्रत्येक देशका पत्रकार समितीले आवेदनका आधारमा जुलाईसम्ममा प्राप्त आवेदनको रिभ्यु गर्नेछन र पत्रकारको रिर्पोटिङ गर्ने तरिका, पत्रकारको लेखन कला, अनुभवका आधारमा छनोट गर्नेछन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्
५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्

काठमाडौं, ११ चैत्र । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन[...]

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु, ३४० घाईते
चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु, ३४० घाईते

चितवन।  जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन्[...]