Sorry, your browser does not support JavaScript! छानबिन आयोग गठन गर्न पण्डित श्रीनिवासको माग - Merodesh.news

छानबिन आयोग गठन गर्न पण्डित श्रीनिवासको माग

काठमाण्डौ,  १२ असार । आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेर धरौटीमा छाडिएका  पण्डित  श्रीनिवास आर्चायले छानबिन आयोग गठन गर्न माग गरेका छन ।

आफना अंगरक्षकबाट आफै गोली हान्न लगाएर धार्मिक सदभाव भडकाउन खोेजेको आरोपमा पक्राउ परेका २६ बर्षिय पण्डित श्रीनिवासले १२ असारमा काठमाण्डौको रिर्पोटस क्लबमा पत्रकार सम्मेलन गर्दै आफुलाई झुठो आरोप लगाएर फसाइएको भन्दै छानबिन आयोग गठन गर्न माग गरेका हुन ।

बिराटनगर महानगरपालिका १४ स्थित जतुवा टोलमा पुराण बाचन गर्न आएका हिन्दु धर्मका पण्डित २६ बर्षिय श्री निवास आर्चाय २५ चैत बिहान दुई बजे आफैले आफैलाई अंगरक्षक मार्फत गोली हान्न लगाएर धार्मिक सदभाव भडकाउन  खोजेको आरोपमा पक्राउ गरिएका थिए । गोली लागेर घाइते भएका श्रीनिवासले बिराटनगर स्थित न्युरो अस्पतालमा लामो उपचार गराएका थिए । उनलाई भारत जान लाग्दै गर्दा प्रहरीले काठमाण्डौमा पक्राउ गरेर मोरंग ल्याएको थियो । उनलाई  जिल्ला प्रशासन मोरंगले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षकालागि कारागार पठाएको थियो । ८ असारमा श्रीनिवास जिल्ला अदालत मोरंगको आदेशबत्राट  ५ हजार धरौटीमा बाहिर बसेर पुपक्ष गर्न पाउने छाडिएका थिए ।

पण्डित श्रीनिवासलाई गोली प्रहार गर्ने उनका अंगरक्षक रहेका चितवनको भरतपुर महानगरपालिका ४ बेल चोक बस्ने २९ बर्षिय  माधब चौधरी र र पेस्तोल दिने  नवलपरासी गैडाकोट नगरपालिका ५ बस्ने ३२ बर्षिय  लक्ष्मीराज अधिकारीलाई ज्यान मार्ने उधोग आरोपमा मोरंग अदालतले कारागार पठाइसकेको छ ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]