Sorry, your browser does not support JavaScript! विराटनगरका कुन स्कुलको कस्तो नतिजा ? - Merodesh.news

विराटनगरका कुन स्कुलको कस्तो नतिजा ?

विराटनगर, १२ असार।   विराटनगरका निजी विद्यालयहरुले एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याएको दावी गरेका छन् । शनिवार साझ प्रकाशित एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याएको निजी विद्यालयहरुले दाबी गरेका हुन् ।

विराटनगरमा रहेको एभरेष्ट स्कुलले आफ्नो विद्यालयकी एक छात्राले नेपाल टप गरेको दावी गरेको छ । स्कुलकी छात्रा कृतिका थापा नेपाल टप भएको विद्यालयले दाबी गरेको हो । एभरेष्टबाट १४६ विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाएका थिए । जस मध्ये ९० जनाले ‘ए प्लस’ र ५६ जनाले ए ल्याएका छन भने कृतिका थापाले नेपाल टप गरेको स्कुलको दाबी छ । २२२ जना विद्यार्थी सहभागि भएको विकेभिएमबाट ११० जनाले ए प्लस, १०३ जनाले ए , ८ जनाले बि प्लस र १ जनाले बि ल्याएको विद्यालयले जानकारी दिएको छ ।

त्यस्तै सगरमाथाबाट सहभागी १ सय ८१ विद्यार्थी मध्ये ५१ जनाले ए प्लस, १२५ जनाले ए र ५ जनाले बि प्लस ल्याएको विद्यालयका प्रिन्सिपल विनोद अधिकारीले जानकारी दिए । १०७ विद्यार्थी सहभागि सेन्ट जोसेफ स्कुलबाट ७७ जनाले ए प्लस, र ३० जनाले ए ग्रेट ल्याएका छन् । जेसी बाल सदनबाट सहभागी ६७ विद्यार्थी मध्ये ६ जनाले ए प्लस, ३३ जनाले ए र २७ जनाले बी प्लस ल्याएका छन् । ४३ जना विद्यार्थी सहभागि भएको मदरटेरेसा स्कुलबाट सबै विद्यार्थीले ए ग्रेट प्राप्त गरेका छन् ।

भानु स्कुल विराटनगरबाट सहभागी ३६ जना विद्यार्थी मध्ये ६ जनाले ए प्लस, १६ जनाले ए, १० जनाले बी प्लस, र ४ जनाले बी ग्रेट ल्याएका छन् । त्यस्तै कान्तिपुर सेकेन्डरी स्कुलबाट सहभागि २६ जना विद्यार्थी मध्ये ४ जनाले ए प्लस, १४ जनाले ए र ८ जनाले बी प्लस प्राप्त गरेका छन् । ६६ जना विद्यार्थी सहभागि बुढानिलकण्ठ स्कुलबाट ११ विद्यार्थी ए प्लस, ३४ जना ए र २१ जना विद्यार्थीले बी प्लस ग्रेट ल्याएका छन् । त्यस्तै अन्नपूर्ण एकेडेमी विराटनगरबाट १ जना विद्यार्थीले ए प्लस, १३ जनाले ए र ९ जनाले बि प्लस ल्याएका छन् ।

त्यस्तै मोर्डन एरा स्कूलबाट ६० जनाले दिएको परीक्षामा ४ जनाले ३.९ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको स्कूलका संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिए । त्यसैगरी विराटनगरको हाटखोलामा रहेको ग्रेडेड स्कूलबाट ३८ जना विद्यार्थीले दिएको परीक्षामा सुरज खड्का उत्कृष्ट नतिजा ल्याएका छन् । उनले ३.८ जीपीए ल्याए स्कूल टप गरेका छन् । ४ जनाले ३.६ जीपीए, २१ जनाले ३.२ देखी ३.५ जीपए र १३ जनाले २.८ जीपीए भन्दा बढी ल्याएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।

विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन, नमुना बोर्डिङ स्कूल, गौतम बुद्ध, केभिएम, अरनीको स्कूल, लर्डबुद्ध,अर्किड, सिद्धार्थलगायत निजी स्कूलहरुले उत्कृष्ठ नतिजा ल्याएको दाबि गरेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]