Sorry, your browser does not support JavaScript! विराटनगर महानगरपालिको बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता - Merodesh.news

विराटनगर महानगरपालिको बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता

विराटनगर,  ११ असार ।  विराटनगर महानगरपालिकाले  अगामी आर्थिक बर्षकालागि आइतबार प्रस्तुत गरेको  बजेट र नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमहरुले प्राथमिकता पाएका छन ।

चालु बर्ष २०७४।०७५ मा थालेका पहिला कार्यक्रमहरुलाई आगामी आर्थिक बर्ष २०७५।०७६ को बजेटमा पनि महानगरपालिकाले प्राथमिकता दिएको हो । निशुल्क र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने  कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पताल बनाउने, महिलाहरुको स्वास्थ्य सेवालाई बिशेष चासो दिने, ८४ बर्ष माथिका जेष्ठ नागरिकलाई थप प्रोत्साहन भत्ता दिने, हिँसा पिडित महिलालाई कानुनी सेवा प्रदान गर्ने देखी विराटनगरमा राष्टिय साहित्य सम्मेलन आयोजना गर्ने र नगरमा मदिरा बेचबिखन गर्ने कुरा पुरानै कार्यक्रमहरु हुन ।

जनताको घरदैलौमा सेवा पुरयाउने, निष्पक्ष सार्वजनकि सुनबाई गर्ने, भ्रष्टचारमा शून्य सहनशिलता अपनाउने, अन्तराष्ट्रिय नगरसँग भगिनी सम्बन्ध राख्ने, निजी क्षेत्र, बिज्ञ र प्राबिधिहरुसँग सहकार्य गर्ने, करको दायरा फराकिलो बनाउने , बाइवास सडक निर्माण गर्ने रंगशाला आधुनिक बनाउने, भवन संहिता लागू गराउने, जथाभावी प्लटिङ्ग रोक्ने आदि पनि पुरानै कार्यक्रमहरु हुन ।

बजेट नीति कार्यक्रममा एक नम्बर प्रदेशको स्थायी राजधनी विराटनगर नै बनाउनकालागि आवश्यक गुरुयोजना तैयार गर्ने   प्रसासिनक सेवा शून्य शहनसिलतामा रहेर प्रदान गने, विराटनगरको बिकासकालागि चक्रपथ निर्माण, विशेष आर्थिक क्षेत्र, विराटनगर विमानस्थलको स्तरोन्नती, भ्युटावर, रंगशाला, कृषी बजार र बधशाला निर्माणका कुरा पनि नीति कार्यक्रममा उल्लेख छन । यसैगरि साँधुरा सडकमा मालसामान ढुवानीमा रोक  लगाउने, फोहोर मैला व्यवस्थामा जोड  दिने,  ऐलानी जग्गाको संरक्षण  गर्ने, सभागृहको पुननिर्माण गर्नेमा बजेटले जोड दिएको छ जुन चालु बर्षकै बजेटमा उल्लेख थियो ।

थोरै मात्र नयाँ कार्यक्रम समावेश

नयाँ सभागृह निर्माण  गर्ने र महानगरले आफनै एफएम संचालन गर्ने बिषय पनि नीति कार्यक्रममा छन । यसैगरि खानेपानीको पुराना पाइप फेर्ने, सार्वजनिक बिद्यालय र नगरमा महिला, बालबालिका मैत्री शौचालय निर्माण गर्ने, सवै सामुदायिक बिद्यालयहरुमा छात्राहरुकालागि निशुल्क सेनिटरी प्याड बितरण गर्ने  केही कार्यक्रमहरु मात्र नयाँ परेका  छन । महानगरपालिकाले दोस्रो सन्तानका रुपमा छोरी जन्माउनेहरुलाई पनि प्रोत्सान भत्ता दिने निर्णयलाई निरन्तरता दिएको छ । चालु बर्षमा पहिलो सन्तान छोरी जन्माउनेलाई महानगरले प्रोत्साहन भत्ता दिएको थियो ।

मुख्य दायित्व भौतिक निर्माण नै

विराटनगर महानगरले अधुरो भौतिक निर्माण कार्यलाई पुरान गर्नेमा बिशेष जोड दिएको छ । विराटनगर महानगर ४५ प्रतिशत बढी आन्तरिक निर्माण कार्य भैरहेकोले अधुरो निर्माण कार्य पुरा गर्नु बजेट र नीति कार्यक्रमले मुख्य दायित्व मानेको छ । विराटनगर महानगरपालिकाले चालु आर्थिक बर्ष २०७४।०७५ कालागि कुल  ३ अर्ब ३८ करोड ८९ लाख २१ हजार रुपैयाको बजेट पारित गरेको थियो ।  आइतबार दोसे  औपचारिक नगरसभामा  महानगरपालिका प्रमुख भीम पराजुलीले आगामी आर्थिक बर्ष २०७५।०७६ कालागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सहित ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेका छन ।

संघिय सरकारले उपमहानगरको भन्दा कम बजेट दिएको गुनासो

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र उपप्रमुख ईन्दिरा कार्कीले संघिय सकारले विराटनगर महानगरपाकिलाई कम बजेट दिएको गुनासो गरे । सभामा प्रमुख अतिथिका रुपमा उपस्थित संघिय सरकारका समान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग उनिहरुले बजेट कम भएको भन्दै बढाउनकालागि पहल गरिदिन आग्रह गरे । उनिहरुका अनुसार संघिय सरकारले विराटनगरलाई ७८ करोड २० लाख रुपैयाँ बजेट मात्र विनियोजन गरको छ  ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]