Sorry, your browser does not support JavaScript! अतिथि अासन ग्रहण नगराएपछि ..... - Merodesh.news

अतिथि अासन ग्रहण नगराएपछि …..

विराटनगर महानगरपालिकाले दोस्रो नीति  कार्यक्रम तथा बजेट सार्वजनिकरण समारोह तोकिएको समय भन्दा डेढ घण्टा ढिलो सुरु भयो । आइतवार दुई बजे बोलाइएको कार्यक्रममा प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई कुर्दा डेढ घण्टा ढिलो भएको थियो ।

मन्त्री कार्यक्रम स्थलमा प्रवेश गरेपछि प्रमुख प्रशासकिय अधिकृत कुमार दाहालले कार्यक्रम सुरु गरे । तर दाहालले कार्यक्रम सुरु गर्दा आफुहरुलाई सम्बोधना नगरेको भन्दै   महिला स्वयेमसेविकाहरुले कार्यक्रम बहिस्कार गरेर हिड्न खोजे ।

दिउसो १२ बजेदेखि पर्खिर बसेका आफूहरुलाई एक शब्द पनि सम्बोधन नगरेको भन्दै स्यमसेवीकाहरुले विरोध गरेर कार्यक्रम छाड्न खोजेपछि वडा सदस्यहरुले पनि कार्यक्रम छाड्न खोजे । कार्याक्रममा आफूहरुलाई सम्बोधन नगरेको भन्दै आक्रोसित भएका महिला स्वेमसेविका र वडा सदस्यहरुलाई  प्रशासकिय अधिकृत दाहालले गल्ती भएको भन्दै माफी मागे । तर उनीहरुको विरोध रोकिएन् ।

केही समय पछि मेयर भीम पराजुलीले माइक समातेर प्राविधिक कमजोरी भएको भन्दै माफी मागेपछि वडा सदस्य र स्वमसेवीका  कुर्सीमा बसेपछि कार्यक्रम सुरु भएको थियो । विरोधका कारण १० मिनेट कार्यक्रम रोकिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]