Sorry, your browser does not support JavaScript! महानगरको बजेट चारअर्ब ४७ करोड - Merodesh.news

महानगरको बजेट चारअर्ब ४७ करोड

विराटनगर, १० असार।  विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷०७६ कालागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

आइतवार आयोजित दोस्रो नगरसभामा महानगरपालिकाले चार अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको हो । महानगरले सार्वजनिक गरेको बजेटमा केन्द्र सरकारको अनुदानस“गस“गै क्षेत्रिय सहरी विकास परियोजना र मझौला सहर एकिकृत शहरी वातावरणीय सुधार परियोजनाको बजेट समेटिएको छ । महानगरपालिकाकामेयर भीम पराजुलीले प्रस्तुत गरेको बजेटमा महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र एसियाली बिकास बैंकको ऋण सहयोगमा सञ्चालित दुई परियोजना तर्फ १ अर्ब ९४ करोड २५ लाख गरी ४ अर्ब ४७ करोड ८ लाख ४९ लाखको बजेट सार्वजनिक गरेको हो ।

महानगरको बजेटमा आन्तरिक स्रोतबाट ५४ करोड ३ लाख, राजस्व बाडफाड तर्फ ३७ करोड ५ लाख ४ हजार, संघिय र प्रदेश सरकार वितीय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार, संघिय सरकार ससर्त अनुदान, बिषयगत कार्यालय तर्फ ४४ करोड ९६ लाख र बिषेश र समपुरक अनुदान तर्फ १० करोड, संघिय सरकार ससर्त अनुदान ३६ करोड १५ लाख, बैदेशिक तथा अन्य संघ संस्था अनुदान तर्फ ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगरबिकास कोष ऋण सहयोग १ करोड ८० लाख र नगर मौज्दजाद ७ करोड गरी २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार आय आर्जन हुने अनुमान गरिएको छ ।

बजेट मध्ये नगरपालिका तर्पmको चालु खर्चकालागि कुल बजेटको ७.५३ प्रतिशत अर्थत ३३ करोड ६८ लाख ५२ हजार बजेट विनियोजन भएको छ भने सामाजिक सुरक्षा भत्ताकालागि २० करोड विनियोजन भएको छ भने भौतिम पूर्वाधार तर्फ ३ अर्ब २५ करोड ३ लाख ३३ हजार बजेट बिनियोजन भएको छ । वातावरण, सरसफाई, वितिय व्यावस्थापन, सूचना प्रविधि, संस्थागत विकास, सेवा प्रवाह र सुशासनकालागि ५ करोड ९३ लाख ३० हजार बजेट विनियोजन भएको छ भने सामाजिक विकास, महिला तथा बालवालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपन्छी कार्यक्रमकालागि ६२ करोड ४३ लाख ३४ हजार बजेट विनियोजन भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]