Sorry, your browser does not support JavaScript! चीन भ्रमणबाट दुई देश बीचको राजनीतिक सम्बनधथप सुदृढ : प्रमओली - Merodesh.news

चीन भ्रमणबाट दुई देश बीचको राजनीतिक सम्बनधथप सुदृढ : प्रमओली

काठमाडौं,  १० असार । प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता, आपसीविश्वासमा वृद्धी भइ राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ ।

चीनको ६ दिने राजकीय भ्रमण पुरा गरी आज स्वेदश फर्केपछि त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी पयर्टन जस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालिन आर्थिक सहयोगको खाका तयार भएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीका तर्फबाट जारी गरिएको प्रेस नोटमा जनाइए अनुसार दवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बनधी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ ।

“समृद्ध नेपाल,सुखी नेपाली”को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामाआफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ । नेपालको विकास नेपालीले नै गर्ने भएपनि आर्थिक समृद्धिका लागि छिमेकीहरुसँग भएका सहमतीहरुको प्रभावकारी कार्यन्वयनमा केन्द्रित हुनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उहाँले उपयूक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]