Sorry, your browser does not support JavaScript! सडक कालोपत्रे भएपछि कटहरीका बासिन्दा हर्षित - Merodesh.news

सडक कालोपत्रे भएपछि कटहरीका बासिन्दा हर्षित

विराटनगर, ९ असार । पछिल्लोसमय ग्रामिणक्षेत्रमा समेत विकास निर्माणले गति लिएपछि सर्वसाधारण उत्सहित भएका छन ।

स्थानिय तहमा जनप्रतिनिधिहरुको आगमन भएपछि विकास निर्माणको कामले तिब्रता पाएको हो । लामो समयसम्म स्थानिय निकाय जनप्रतिनिधि विहीन रहेको अवस्थामा ग्रामिणक्षेत्रमा विकास निर्माणको काम ठप्प प्राय थियो । विभिन्न प्रकारका आन्दोलन,भुकम्प,बाढी तथा जनप्रतिनिधि विहीन स्थानिय निकायका कारण विशेषगरि ग्रामिण भेगमा अपेक्षित विकास निर्माणले गति लिन सकेको थिएन । स्थानिय तहले पुर्णता पाएसंगै गांउपालिका र वडास्तरबाट विकास निर्माणका कार्यहरुले तीब्रता पाएको छ ।

कटहरी गांउपालिकाको वडानम्बर ४ आनन्दचोक उत्तरको बाटो यतिखेर कालोपत्रे गर्ने कार्य भइरहेको छ । गांउपालिकाबाट विनियोजित बजेटमध्ये २९ लाख रकमबाट सो क्षेत्रको साढे ४ सय मिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ । लामो समयसम्म खाल्डाखुल्डी र धुलो, हिलोको समस्या खेप्दै आएका स्थानीयबासी सो सडकको निर्माण हुन थालेपछि उत्साहित भएका छन । गांउ र वडास्तरसम्म जनप्रतिनिधिहरुको आगमन भएपछि ग्रामिणक्षेत्रमा विकास निर्माणले तीब्रता पाएको कटहरी–४ का नानुमैया दहालको भनाई छ । ‘पहिला खाल्डाखुल्डी थियो,थोरै पानी पर्दापनि घर अगाडि हिलम्मे हुन्थ्यो । पिच बनेपछि अब केटाकेटीलाई स्कुल पठाउन र आउजाउमा सजिलो हुनेभयो ।’ दाहालले उत्साहित हुंदै बताईन ।

सोहि ठांउकी रेवती चापागाइले वडास्तरमा समेत जनप्रतिनिधिको उपस्थिति रहेकाले कटहरी–४ ले विकासमा थप फडकोे मार्ने विश्वास ब्यक्त गरिन । कटहरी गांउपालिकाको सो वडामा मात्र विकास निर्माणका विभिन्न ९ वटा विकासका योजनाहरु सञ्चालनमा रहेका छन । वडा कार्यालयलाई प्राप्त भएको १ करोडको सिलिंग बजेट र गांउपालिकाबाट प्राप्त ५० लाख समेत गरेर १ करोड ५० लाख बराबरका विभिन्न योजनाहरु वडामा सञ्चालनमा रहेको कटहरी–४ का वडाध्यक्ष मन्टु शेखले जानकारी दिए । लामो समयपछि स्थानिय निकायमा जनप्रतिनिधि आएका कारण सर्वसाधारणको अपेक्षा बढदो रहेकोे उनको भनाई छ । अपेक्षितरुपमा बजेट नआएपनि उपलब्ध बजेटबाट पहिलो चरणमा भौतिक पुर्वाधार विकासलाई तीब्रता दिइएको उनले जानकारी दिए ।

चौतर्फीरुपमा विकास निर्माणको काम एकैपटक सञ्चालन गरिएका कारण अनियमितता हुनसक्नेतर्फ समेत स्थानियवासी सचेत छन । स्थानीय दिलबहादुर स्याङबोले विकास निर्माणको योजनाहरु ल्याइदा समाजका अग्रज ब्यक्तिहरुसंग सरसल्लाह र सुझाव लिएर मात्र अघि बढाइनुपर्ने बताए ।

विविध कारणले लामो समयदेखि अवरुद्ध रहेको ग्रामिणक्षेत्रको भौतिक पुर्वाधार विकासलाई थप तिब्रता दिइनुपर्छ तथा भइरहेका र भएका कामहरुको नियमन र अनुगमनलाई समेत प्रभावकारी बनाईनुपर्छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]