Sorry, your browser does not support JavaScript! आठौं अन्तरराष्ट्रिय एकल महिला दिवसको अवसरमा १० जना विद्यार्थीलाई छात्रबृति - Merodesh.news

आठौं अन्तरराष्ट्रिय एकल महिला दिवसको अवसरमा १० जना विद्यार्थीलाई छात्रबृति

विराटनगर।  द्वन्द पीडित र एकल महिलाका सन्तानलाई छात्रबृति प्रदानगर्दै विराटनगरमा आठौं अन्तरराष्ट्रिय एकल महिला दिवस मनाईएको छ ।

एकल महिला दिवसको अवसरमा मानवअधिकारलागि महिला,एकल महिला समुहले एक कार्यक्रमको आयोजनागरि द्वन्द पीडित सहितका १० जना छात्र–छात्रालाई छात्रबृति प्रदान गरेको हो । कार्यक्रममा संस्थाकी मोरङ अध्यक्ष राजकुमारी भट्टराई,संस्थाको रतुवामाई नगरपालिका अध्यक्ष भगवती सुब्बा,तेतरीया अध्यक्ष मिना चौधरी लगायतले छात्रछात्रालाई छात्रबृति प्रदान गरिन । सो अवसरमा बोल्दै आयोजक संस्थाकी अध्यक्ष भट्टराईले एकल महिलाको समस्या समाधानगर्न राज्य पक्ष थप गम्भीर हुनुपर्ने बताइन ।

उनले पीडामा रहेका द्वन्द पीडित र एकल महिलाका सन्तानलाई प्रोत्साहन स्वरुप कपी कलम र नगद सहित छात्रबृति प्रदान गरिएको जानकारी दिइन । कार्यक्रममा विराटनगर महानगरपालिकासहित कटहरी र ग्रामथान गांउपालिका लगायत मोरङका विभिन्न गांउपालिकाका छात्रछात्रालाई छात्रबृति प्रदान गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

गौरिकाको स्वर्ण चार पुग्यो
गौरिकाको स्वर्ण चार पुग्यो

काठमाडौं २३ मंसिर । पौडी खेलाडी गौरिका सिंह एकै सागमा ४ वटा स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली[...]

समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई
समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

खोटाङ।   प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताइन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु-याउने[...]

कारागारमा न्यानो सामाग्री
कारागारमा न्यानो सामाग्री

धनगडी । कैलालीको धनगडीमा रहेको जिल्ला कारागारमा न्यानो कपडा वितरण गरिएको छ । फ्रीडम फर फ्रिले कारागारमा रहेका महिला कैदी बन्दीहरुकालागि ७० हजार मुल्य बरावरको फर्म कार्पेटलगायतका सामाग्री सहयोग गरेको[...]