Sorry, your browser does not support JavaScript! विवादास्पद ठेकेदार भीम पौडेलले तस्करी गरेको पुष्टी, ६ लाख जरिवाना - Merodesh.news

विवादास्पद ठेकेदार भीम पौडेलले तस्करी गरेको पुष्टी, ६ लाख जरिवाना

विराटनगर । मोरङ उर्लाबारी नगरपालिकाको मेयर खडग फागोसगको मिलेमतोमा मिक्लु र सोल्टी खोलाको अबैध उत्खनन गरी बिक्री गरेका विवादास्पद ठेकेदार भीम पौडेललाई ६ लाख जरिवाना गरिएको छ ।

बातावरणीय प्रभाव मूल्याङकन नगरिएको खोलाको अबैध उत्खनन गरेको निष्कर्ष सहित जिल्ला विपत व्यावस्थापन समिति मोरङले उनलाई ६ लाख जरिवाना गरेको हो । अबैध रुपमा उत्खनन गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले छानविन समिति गठन गरेको थियो । छानविनकालागि बनेको प्राविधिक समितिको सिफारिस अनुसार जरिवाना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

प्रशासनले गठन गरेको छानविन समितिले च्यानलाईज गर्न नगरपालिकाले पनि बिधि र प्रकृया नपू¥याएको प्रतिवेदन दिएको छ । प्रतिवेदनमा च्यानलाइज गर्नुपर्ने ढुंगागिटी निकालेर बिक्री गरिएको उल्लेख छ । समितिले अध्ययन पछि ७ सय घन मिटर क्षेत्रको ढुंगागिटी उठाएर बिक्री गरेको निष्कर्ष सहित सो परिणाम बरावरको जरिवाना तिराएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार ठेकेदार पौडेलले जरिवना पनि तिरिसकेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]