Sorry, your browser does not support JavaScript! फुटबल विवादमा छुरा प्रहार गरेर वडा सदस्य फरार - Merodesh.news

फुटबल विवादमा छुरा प्रहार गरेर वडा सदस्य फरार

विराटनगर, ८ असार।  बिश्वकप फुटबल हेर्ने क्रममा बिबाद हुँदा एक युवालाई छुरा प्रहार गरेर उर्लाबारी नगरपालिकाका नगर सदस्य फरार भएका छन ।

मोरङको उर्लाबारी नगरपालिका – ५ स्थित एरोमा होटलमा आज बिहान ३ बजे विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहार गरि ६ नम्बर वडाका सदस्य सचिन शाक्य एक जना युवालाई छुरा प्रहार गरेर फरार भएका हुन ।
४० वर्षिय सदस्य शाक्यले तरकारी काट्ने चक्कुले प्रहार गर्दा सोही वडाका २७ वर्षिय बिशाल तामाङ घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घाईते तामाङको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भईरहेको र फरार शाक्यको खोजी भैरहेको प्रहरीको भनाई छ ।

घाईते तामाङ फुटबल खेलाडी हुन भने बडा सदस्य शाक्य तरुण दल मोरङको सचिव उर्लाबारी जेसिजको अध्यक्ष पनि हुन । दुवै बिच भएको बिबादको कारण भने प्रहरीले खुलाएको छैन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]