Sorry, your browser does not support JavaScript! मोरङका कोच राजवंशीले मनाए लोथापोथा पर्व - Merodesh.news

मोरङका कोच राजवंशीले मनाए लोथापोथा पर्व

विराटनगर, ८ असार, मोरङका कोच राजवंशी समुदायले लोथापोथा पर्व मनाएका छन । शारिरीक सुस्वास्थ्य र समृद्धिको कामनासहित यो पर्व मनाउने गरिन्छ ।

समुदायगत चाडपर्वहरु लोप हुने संघारमा पुगेपछि विभिन्न जातजाति र समुदायिक संघसंस्थाले आफ्ना मौलिक पर्र्वहरुको संरक्षणको प्रयास शुरु गरेका छन । सोहि सन्दर्भमा रंगेली नगरपालिका–२ मा बिहीबार संस्थागतरुपमा लोथापोथा पर्व मनाईएको छ । स्थानिय दौलतपुरचोकमा जम्मा भएका राजवंशी समुदायका महिला–पुरुषले पारम्परीक मान्यता र विधिविधान अनुसार यो पर्व मनाएका छन । यो पर्व मनाउने क्रममा राजवंशी समुदायका श्रद्धालुले स्थानीय भाषामा ‘बिरना झुटी’ भनिने एक प्रकारको घाँसलाई देउताकोरुपमा स्थापना गरेर पुजापाठ गर्ने गर्छन ।

बिरना झुटीलाई मध्यभागमा राखेर श्रद्धालुहरु वरिपरि बस्छन र शंखनादगर्दै बिरना झुटीलाई अँठिया कोला,आँप,लिचि र तराईमधेशमै पाईने बिशेष प्रकारको डोहा भनिने फल प्रसादकोरुपमा चढाउने गर्छन । यो पर्व लोक कथनसंग सम्बन्धित रहेकाले पर्वसंग जोडिएको लोक कथावाचन र श्रवण गर्ने गरिन्छ । स्थानीय जानकार ब्यक्तिले पर्वको शुरुआतसंग जोडिएको कथा वाचन गर्ने प्रचलन छ । पूजाको क्रममा मौलिक भाकाको गित समेत गाउने गरिन्छ । समापनको क्रममा भने पुजास्थलको मध्य भागमा स्थापना गरिएको बिरना झुटीलाई उचाल्ने र थेचार्ने गरिन्छ । यो पर्व मनाउदा समृद्धि आउने र शारिरीक सुस्वास्थय लाभ हुने राजवंशी समुदायको जनविश्वास छ । लोथापोथा पर्वलाई राजवंशी समुदायले पर्वहरुको सुरुआति पहिलो पर्वकोरुपमा लिने गरेका छन ।

असार महिनामा लोथापोथाबाट पर्वको शुरुआतगर्ने राजवंशी समुदायले चैत्रमहिनामा बर्षको अन्तिम पर्वकोरुपमा सिरुवा मनाउने गर्छन ।

फोटोहरु:

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]