Sorry, your browser does not support JavaScript! अबैध उत्खनन गरिएको ढुंगागिटी चोख्याउन सरकारी बिल - Merodesh.news

अबैध उत्खनन गरिएको ढुंगागिटी चोख्याउन सरकारी बिल

उर्लाबारी, मोरंग, ७ असार।   उर्लाबारी नगरपालिका भित्र पर्ने सोल्टी र मिक्लु खोलाबाट अबैध रुपमा उत्खनन गरिएको ढुंगागिटीलाई बैधानिक देखाउन कर असुल गरेको पाइएको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको मिलेमतोमा ढुंगागिटीको कारोवार गर्दै आएका भीम पौडेलले बातावरणीय प्रभाव मूल्याङकन नगरिएको खोलाको ढुंगागिटीलाई बैधानिक देखाउन भूमि कन्ट्रक्सनको नाममा बिल काटेर कर असुल गरेको पाइएको हो ।

मोरङ कटहरी ठेगाना उल्लेख भएको भूमि कन्ट्रक्सनले चालु आर्थिक बर्ष २०७४–०७५ मा खोला ठेक्का पाएको थियो । उर्लाबारीको मिक्लु र सोल्टी खोलाबाट निकालिएको ढुंगागिटीलाई बैधानिक देखाउन ठेकेदारले जिल्ला समन्वय समिति मोरङले ठेक्कालागि दिएको बिल प्रयोग गरेका हुन् । बिल प्रयोग गरी प्रति ट्रिपर ६७३.५० रुपैयाका दरले कर असुल गरिएको थियो । खोलाबाट उत्खनन गरिएको ढुंगागिटी केही मात्रामा उर्लाबारीमै प्रयोग गरेर धेरै बाहिर निकासी गरिएको थियो । ठेकेदारले उर्लाबारीमै ढुंगागिटी प्रयोग गरेका स्थानीय उपभोक्ता समितिलाई भूमि कन्ट्रक्सनको नाममा कर असुल गरेको थियो ।

उर्लाबारी नगरपालिकाका भित्र खोलाले पु¥याउने सम्भावित क्षतिबाट बस्ती जोगाउन वडा नम्बर १ मा पर्ने मिक्लु र वडा नम्बर ४ मा पर्ने सोल्टी खोलामा ‘च्यानल’ खन्ने नाममा ठेकेदार पौडेलले मेयर फागोस“ग मिलेर ढुंगागिटी उठाएर बिक्री गरेको स्थानीय उपभोक्ताहरु बताउछन् । बातावरणीय प्रभाव मूल्याङकन नगरी खोलाको उत्खनन गर्न मिल्दैन । तर मेयरको ठाडो निर्देशनमा खोला दोहन भएपछि स्थानीयले गंगाप्रसाद बास्तोलाको संयोजकत्वमा जनस्तरको छानविन तथा दवाव समिति गठन गरेको थियो । समितिले खोला दोहन प्रकरणको प्रमुख दोसी मेयर फागोलाई देखाएको थियो ।

उर्लावारी नगरपालिकाको चैत २८ गतेको कार्यपालिकाले बैठकले ४५ लाख बजेट बिनियोजन गरी खोलामा च्यानल खनेर बस्ती जोगाउने निर्णय गरेको थियो । तर, निर्णय विपरित मेयर खडक फागोले ठेकेदार भीम पौडेलस“ग मिलेर खोला उत्खनन् गरी ढुंगा, गिटी र बालुवा बिक्री गरेको समितिको निष्कर्ष छ । ४५ लाख ठेकेदारलाई नै दिने सर्तमा खोला जिम्मा लगाएपछि ठूलो आर्थिक अनियमितता भएको भन्दै मेयर फागोको आलोचना भएको थियो । मेयर फागोले एकलौटी निर्णय गरेको भन्दै उपमेयर लक्ष्मी भण्डारीसहितका वडा अध्यक्षहरुले समेत विरोध गरिरहेका छन् ।

नगरपालिकाकै बजेटमा एकहजार ४ सय ६० मिटर दुरीमा उनन्तिस हजार ६ सय ७५ घनमिटरबाट तीनहजार ५ सय ६३ ट्रिपर ढुंगा, गिटी र बालुवा निकालेर बिक्री गरेको छानविन तथा दवाव समितिको प्रतिवेदनमा उल्लेख छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]