Sorry, your browser does not support JavaScript! बालविवाह र बहुविवाह न्युनिकरण गर्ने उदेश्यले मुस्लिम महिलाहरुलाई दुईदिने सचेतना तालिम - Merodesh.news

बालविवाह र बहुविवाह न्युनिकरण गर्ने उदेश्यले मुस्लिम महिलाहरुलाई दुईदिने सचेतना तालिम

विराटनगर, ७ असार, बालविवाह र बहुविवाह न्युनिकरणगर्ने उद्धेश्यले विराटनगरका मुस्लिम महिलाहरुलाई दुईदिने सचेतना तालिम दिइएको छ ।

विराटनगर महानगरपालिकाको सहयोग र अल आमना मुस्लिम महिला नेपालको आयोजनामा विराटनगरका विभिन्न वडाका मुस्लिम महिलाहरुलाई सचेतना तालिम दिइएको हो । विराटनगर–६ सरौचियास्थित इस्लामिक संघमा आयोजित कार्यक्रमकाबीच दुईदिन दिन अघिदेखि आयोजना गरिएको तालिम समापन भएको हो । तालिमका सहभागिलाई अधिवक्ता मिना गिरिले बालविवाह र बहुविवाहका नकारात्मक पक्ष र कानुनी ब्यवस्था लगायतको बिषयमा जानकारी दिनुभएको थियो ।

तालिम समापनको क्रममा विराटनगर महानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली धिमाल, इस्लामिक संघ नेपालका केन्द्रीय सदस्य मोहम्मद अफजल हुसैन गूल्जार र आयोजक संस्थाकी अध्यक्ष मदिना खातुनले प्रमाणपत्र वितरण गर्नुभयो । तालिममा विराटनगरको वडानम्बर ५,६ र ९ का २७ जना मुस्लिम महिला युवती र किशोरी सहभागि भएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

गौरिकाको स्वर्ण चार पुग्यो
गौरिकाको स्वर्ण चार पुग्यो

काठमाडौं २३ मंसिर । पौडी खेलाडी गौरिका सिंह एकै सागमा ४ वटा स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली[...]

समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई
समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

खोटाङ।   प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताइन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु-याउने[...]

कारागारमा न्यानो सामाग्री
कारागारमा न्यानो सामाग्री

धनगडी । कैलालीको धनगडीमा रहेको जिल्ला कारागारमा न्यानो कपडा वितरण गरिएको छ । फ्रीडम फर फ्रिले कारागारमा रहेका महिला कैदी बन्दीहरुकालागि ७० हजार मुल्य बरावरको फर्म कार्पेटलगायतका सामाग्री सहयोग गरेको[...]