Sorry, your browser does not support JavaScript! पुर्ण कार्यान्वयन भएमा एक नम्बर प्रदेश सरकारको बजेटले राम्रो प्रतिफल दिने    - Merodesh.news

पुर्ण कार्यान्वयन भएमा एक नम्बर प्रदेश सरकारको बजेटले राम्रो प्रतिफल दिने   

बिराटनगर, ७ असार  । प्रभावकारी संयन्त्र परिचालन गरेर कार्यान्वयन गराउन सके एक नम्बर प्रदेश सरकारले आगामी आर्थिक बर्षकालागि प्रस्तुत गरको बजेटले राम्रो प्रतिफल दिने सरोकारवालाहरु बताउँछन ।

सबै क्षेत्रलाई समेटेको बजेट कार्यान्वयन हुन नसकेमा दिर्घकालसम्म नकारात्मक असर पर्ने भएकोले प्रभावकारी संयन्त्र परिचालन गरेर बजेट पुर्ण कार्यान्वयन गराउन सरकार लागिपर्नुपर्ने  सरोकारवालाहरुको जोड छ ।  उद्योग संगठन मोरंगका नव निर्वाचत अध्यक्ष भीम घिमिरे एक नम्बर प्रदेश सरकारको बजेटमा उद्योगी व्यपारीहरुले बीस बर्षदेखी उठाउदै आएको समस्याहरु धेरै सम्बोधन भएको तर कार्यान्वयन हुन नसक्ने हो की भन्ने शंका गर्छन । कृषी उत्पादनमा र रोजगारमा जोड दिनु, सिमा क्षेत्रमा प्रबेशद्धार निर्माण, औधोगिक करिडोर र स्थानियत तहमा औधागिक ग्रामको स्थापना, प्रादेशिक लगानी बोर्ड गठन, एकद्धार नीतिबाट सेवा, बिशेष आर्थिक क्षेत्रको स्थापना, बिराटगर बिमानस्थलको स्तारोन्नती र चक्रपथ निर्माण, मनमोहन पोलिटेक्निकलाई बहुप्राबिधिक बिश्वबिद्यालय बनाउने र जोगबनी किमाथांका सडक निर्माणकालागि पहल गर्ने आदि कार्याक्रमहरु उद्योगी व्यपारीहरुले बीस बर्षदेखी उठाउदै आएको र बल्ल प्रदेश सरकारको बजेटमा पर्नु सकारात्मक भएको अध्यय घिमिरेको भनाई छ । उनले भने, – ‘बजेटलाई नराम्रो भन्ने ठाउँ कही छैन तर कृषकलाई जरामा पानी पुग्नेगरि कार्यान्वयन गराउन सक्यो भने प्रतिफल अति नै राम्रो आउँछ ।,

मोरंग व्यपार संघका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले सबै क्षेत्रलाई समेटेर आएको बजेट अति नै राम्रो भएको तर खर्च गर्ने सयन्त्र यकिन नहुँदा कार्यान्वयन नहोलाकी भन्ने शंका बढेको बताए । मुन्दडाले बजेटमा उल्लेख भएको जोगबनी सगरमाथा करिडोर सडक चाँडो निर्माण गराउन सकेमा अर्बौ रुपैया आर्जन गर्ने ढोका सहजै खुल्ने बताए । भने, –‘सकारले बजेट पुर्ण कार्यान्वयन गराउन सक्यो भने आर्थिक संबृद्धि टाढा छैन ।,

पर्यटन व्यवसायी भबेश श्रेष्ठले पर्यटन क्षेत्रमा दुई हजार रोजगारी सृजना गर्नु एक सय पर्यटकिय गनतव्य पहिचना गर्नु, बिभिन्न पर्यटकिय सर्किटहरु संचालन गराउनु, र पुर्वाधारहरु निर्माण गर्ने कार्यक्रमहरुले पर्यटनको क्षेत्रमा फाइदा पुरयाउने भएकोले बजेट फ्रिज हुने अवस्था आउन दिनु हुदैन भने । उनले नयाँ अध्यनमा खर्च गर्नु भन्दा पनि भैरहेका संरचनाहरुलाई स्तारोन्ती गरेर संचालन गराउन सके चाँडो लाभ लिन सकिन्छ भने । उनले हरेक स्थानिय तहमा एक पर्यटन डेस्क राख्ने व्यवस्था पनि हुनुपर्ने सुझाए ।

क्षेत्रिय कृषी निर्देशनालयका बरिष्ठ कृषीप्रसार अधिकृत राजेन्द्र उप्रेतीले बजेट राम्रो भएपनि खर्च गर्ने संरचना अझै स्थापित भै नसकेकोले बजेट कार्यान्यमा ढिला सुस्ती हुन सक्ने अवस्था छ भने । अर्थ बिज्ञ डा पिके झाले एक नम्बर प्रदेश सरकारले ल्याएको बजेट ऐतिहासिक रहेकोले चाँडो जनता समक्ष पुरयाउन सरकारले जोड दिनुपर्नेमा जोड दिए । उपप्रध्यापक चन्द्रप्रसाद उपाध्यायले बजेटको अनुभुति सबै भन्दा तल्लो तहका जनताले गर्न नपाएसम्म बजेट पुर्ण सफल हुन नसक्ने भएकोले चाँडो अधिकार बाँडफाँड गरेर प्रदेश सरकारले उचित संयन्त्र परिचालन गरि बजेट पुर्ण कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । उनले परियोजना र प्रमाणपत्र धितो राखेर अनुदान प्राप्त गर्नु, स्वरोजगार कार्यक्रमहरु शमाबेश हुनु, कृषी र पर्यटन व्यवसायलाई प्राथमिकता दिनु आदि अनेक कार्यक्रमहरु आर्कषक भएकोले कार्यान्वयनमै सफलता र असफलता भरपर्छ भने ।

शिक्षा व्यवसायी टिकाराम पुरीले एक नम्बर प्रदेश सरकारले प्रस्ुतत गरेको बजेटमा उल्लेख भएको एमबिबिएस छात्रबृत्ती  नीजि बिद्यालमया पढने गरिब बिद्यार्थीलाई पनि दिनुपर्नेमा जोड दिए । पुरीले सामुदायिक मात्र नभएर नीजि बिद्यालयमा पनि ईन्टरनेट सुबिधा पुरयाउनु पर्ने बताए । अर्का शिक्षा व्यवसायी भेषराज पोखरेलले बजेट राम्रो भएपनि कार्यान्वयन नभएमा दिर्घकालसम्म नकारात्मक असर पर्ने भएकोले नयाँ हैन स्थानिय संयन्त्रलाई सक्रृय रुपले परिचालन गरेर पुर्ण कार्यान्वय गराउन सुझाव दिए । बिपी कोइराला स्वासथ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले संघिय , प्रदेश र स्थानिय तह बिच समन्वय बनाएर बजेट कार्यान्वयन गराउनुपर्छ भने । उनले प्रदेश सरकारले घोषणा गरेका स्वास्थ्य कायक्रमहरुलाई सघाउन आफुहरु पनि तैयार रहेको बताए ।

स्नात्तोकोत्तर क्याम्पस बिराटनगरका प्रमुख मनोज राउतले  बजेट सकारात्मक रहेपनि कार्यान्वयन हुन सक्दैन भन्ने शंका निवारण गर्न सुझाए । फिफा रेफ्रि किरण गिरीले सबै तहमा खेलकुद मैदान बनाउने , कर्भड हल निर्माण गर्ने , प्रादेशिक खेलकुद बोर्ड गठन गर्ने कुराहरु सकारात्मक रहेको भन्दै नयाँ संरचना निर्माण गर्न भन्दा पनि भैरहेका अधुरा संरचनाहरु पुरा गर्नु उचित हुने सुझाए । पत्रकार महासघ एक नम्बर प्रदेश अध्यक्ष बिक्रम लुँईटेलले बजेटमा उल्लेख भए जस्तो भ्रष्टचार शुन्यमा झाने हो भने सुचनाको हकलाई पुर्ण कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।

एक नम्बर प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले संघिय सरकार र स्थानिय तहको संयन्त्र प्रयोग गरेर बजेट कार्यान्यन गराइने भएकोले कुनै पनि कार्यक्रम प्रिज हुने अवस्था नआउने दाबी गरे । उनले पर्याप्त कानुन र संयन्त्र अभाव नै बजेट कार्यान्वयनका चुनौती भएको बताए । भने, – ‘हामी आवश्यकता अनुसार धमाधम कानुन बनाइरहेका छौ भने संघिय सरकारको संयन्त्र पनि परिचालन गर्ने  अधिकार पाइसकेका छौ यसैले बजेट पुर्ण कार्यान्वयन हुनेछ ।,

एक नम्बर प्रदेश सरकारले प्रस्तुत गरेको  आगामी आर्थिक बर्षको ३५ अर्ब ९३ करोड ६० लाख बराबरको बजेटले ८० प्रतिशत पुँजिगत खर्चमा जोड दिएको छ । यसैगरि  आयात बिस्थापन गर्नकालागि कृषी उत्पादन तुरुन्त लाभ लिनकालािग पर्यटन पुर्वाधार कार्याक्रमहरुमा बढी जोड दिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]