Sorry, your browser does not support JavaScript! बजेट बिनियोजनमा उपेक्षा गरेको प्रतिपक्षीहरुको आरोप - Merodesh.news

बजेट बिनियोजनमा उपेक्षा गरेको प्रतिपक्षीहरुको आरोप

बिराटनगर, ७ असार । आगामी आर्थिक बर्षको बजेट बिनियोजनमा प्रतिपक्षलाई उपेक्षा गरिएको भन्दै १ नम्बर प्रदेशसभामा मुख्य प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले चर्को बिरोध गरेका छन ।

एक नम्बर प्रदेश सभामा पेश भएको सरकारको बिनियोजन बिधेयकमाथि छलफल गर्दै मुख्य प्रतिपक्षी दलका सदस्यरुले बुधबार प्रदेश सभामा चर्को बिरोध गरेका हुन । एक नम्बर प्रदेश सरकारको अर्थ मामिला तथा योजना मन्त्रालयले सदनमा पेश गरेको बिनियोजन बिधेक उपरको छलफलमा बोल्दै मुख्य प्रतिपक्षी र प्रतिपक्षी साँसदरुले सरकारले बजेट बिनियोजनमा प्रतिपक्षीलाई उपेक्षा गरेको आरोप लगाए ।

बिनियोजन बिधेयक शंसोधन माग

सत्ता पक्षका मन्त्री र साँसदहरुे मात्र आफ्नो जिल्लामा बजेट केन्द्रीत गरेको तर प्रतिपक्षी साँसदहरुको योजना पुरै उपेक्षा गरिएको भन्दै कांग्रेस सांसदले सरकार बिरुद्ध चर्को असन्तुष्टि पोखे । कांग्रेसका प्रदेश साँसद सूयर्माराज राईले आफुले पेश गरेको योजना सरकारले पुरै काटेर बिकासमा पुर्ण उपेक्षा गरेको आरोप लगाए । सांसद हिमाल कार्कीले ठोस योजना बिनै कनिका छरेजस्तोगरी बजेट आएको र बिनियोजन पनि झापा, मोरङ, सुनसरी, भोजपूर र पाँचथरमा केन्द्रीत गरिदा अन्य जिल्ला उपेक्षामा परेको गुनासो गरे । सांसद लिला सुब्बाले आफूले दिएको योजनाहरु रातो किताबमा नपारिएको भन्दै बिनियोजन बिधेयक शंसोधन गर्न माग गरिन । उनले भनिन, – Ôरातो किताबमा कतिपय साना योजनाहरु पनि समावेश गरिएको छ तर पार्नैपर्ने योजनाहरु पारिएको छैन यसैले बिनियोजन बिधेयक शसोधन गरिनुपर्छ । प्रतिपक्षी सांसदहरु संघिय समाजबादीका जयराम यादव, काँग्रेसका प्रतापप्रसाद हाङ्बाङ, शिवनारायण गनगाई लगायतले पनि कनिका छरेजस्तो सानोतिनो कार्यक्रममा बजेट हालिएको भन्दै विरोध गरेका थिए ।

खर्च गर्ने प्रभावकारी संयन्त्र बिकास गर्न आग्रह

एक नम्बर प्रदेश सभाका सदस्यहरुले बजेट प्रभावकारी रुपले कार्यान्वयन गराउन खर्च गर्ने प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारलाई आग्रह गरेका छन । कांग्रेसका प्रदेश साँसद सूयर्माराज राईले सरकारले स्थानिय तह मार्फत बजेट कार्यान्वयन गराउने योजना बनाएमा समस्या आउने दाबी गरे । उनले भने, – Ôस्थानिय तह आफै सरकार भएकोले प्रदेश सरकाकारको कार्याक्रम संचालन गरिदिनेमा भरपर्न सकिदैन यसैले खर्च गर्ने आफनै संयन्त्र आवश्यक छ ।, सत्ता पक्षका सांसदहरुले पनि खर्च गर्ने सयन्त्रको अभावमा बजेट कार्यान्वयनमा समस्या हुने बताए । सत्तापक्षका सांसदहरु कूलप्रसाद साम्बा, विजय विश्वास, शौभाग्यवती राई, उमिता विश्वकर्मा लगायतले एक प्रदेश सरकारको अर्थ मामिला तथा योजना मन्त्रालयले पेश गरेको विनियोजन विधेयकको समर्थन गरेपनि बजेट कार्यान्यनमा चाँही शका व्यक्त्त गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]