Sorry, your browser does not support JavaScript! अभिषेक गिरीलार्इ पनि क्लीन चिठ - Merodesh.news

अभिषेक गिरीलार्इ पनि क्लीन चिठ

विराटनगर,  विराटनगरमा रहेर गुण्डागर्दी गर्दै अकुत सम्पती कमाएको आरोपमा मुद्धा खेपिरहेका अभिषेक गिरीले क्लिन चिठ पाएका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा ‘गुण्डा नाइके‘ अभिषेक गिरीले विशेष अदालतबाट सफाइ पाएका हुन् । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, चण्डिराज ढकाल र नारायणप्रसाद पोखरेलको इजालसले गिरीलार्इ सफाइ दिएको हो।सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते विराटनगरका गिरी र पर्शुराम बस्नेत सहित ५ गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो । अभिषेक गिरीमाथि २ करोड ९४ लाख ४६ हजार ५८८ रुपैयाँ अकुत आर्जन गरेको आरोप थियो । राजनीतिक आवरणमा आपराधिक गतिविधि गर्दै आएका गिरी अपहरण मुद्दामा जेलमा सजाय काटिरहेका छन् ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा २०७० जेठ ५ गते पर्शुराम ११ करोड ६१ लाख ४१ हजार ९७७ रुपैयाँ अकुत आर्जन गरेको अभियोग गरेको थियो । विभागले गुण्डा नाइकेहरुसँग रहेको करोडौं रकम अवैध श्रोतबाट आर्जन गरेको दाबी सहित मुद्धा दायर गरेको थियो । विशेष अदालतले यसअघि विराटनगरका गुण्डा नाइके पर्शुराम बस्नेत र चक्रे मिलन तथा मनाङका प्रदेशसभा सांसद समेत रहेका राजीव गुरुङ (दीपक मनाङे), लगायतलाई सफाइ दिइसकेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]