Sorry, your browser does not support JavaScript! त्रिविमा मौसमी वेलुन(रेडियोसण्ड) उडाउने - Merodesh.news

त्रिविमा मौसमी वेलुन(रेडियोसण्ड) उडाउने

काठमाडौं,  त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र नेपाल सरकार जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन(रेडियोसोण्ड) उडाउने तयारी गरिएको छ ।

मौसमी वेलुन(रेडियोसोण्ड)ले माथिल्लो वायुमण्डलका विभिन्न उचाई र तहहरु वायुमण्डलीय सूचकहरु चाप,तापक्रम,सापेक्षित आद्रता,वायुको दिशा र गति लगायतका मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरण मार्फत जमिनमा रहेको रिसिभरमा पठाउछ । तयारी कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले रेडियोसेण्डको उडानले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप बैज्ञानिक एवं तथ्यगत बनाउने र जल तथा मौसम विज्ञानको उच्चशिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने जानकारी गराउनुभयो ।

यसैगरी जलतथा मौसम विभागका महादिर्नेशक डा.ऋषिराम शर्माले मौसमपूर्वानुमानलाई थप व्यवस्थित एवं सत्यपरक बनाउने नेपाल सरकारले जर्मन प्रविधिको सहयोगमा रेडियोसेण्ड उडायने तयारी गरेको बताउनुभयो । रेडियासेण्डको प्रविधि खर्चिलो हुने भएकोले विगत लामोसमय सम्म गरिएको प्रयत्न हाल आएर कार्यान्वयनमा अघि वढेको समेत उहाँले जानकारी दिनुभयो । हाल त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागवाट हुने रेडियोसेण्डको उडान क्रमशः नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चान गर्ने योजना रहेको समेत रहेको छ ।

रेडियोसेण्ड उडानको वारेमा जानकारी गराउदै त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा.दिपक अर्यालले रेडियोसेण्डको प्रयोगले मुलुकको मौसमपूर्वानुमान एवं प्राज्ञिक अनुसन्धान दुवैमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । सरकार र त्रिवि दुवै निकायको समन्वयमा कार्यक्रम अघि वढेको र यसले केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीलाई मौसमपूर्वानुमानका सम्वन्धमा थप जानकारहुन र अध्ययन÷अनुसन्धान गर्न हौसला मिल्लने जलतथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्रा.डा.विनोद दवाडीले जानकारी गरानुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा अन्तराष्ट्रिय ‘वर्डप्रेस’ सम्मेलन हुने
विराटनगरमा अन्तराष्ट्रिय ‘वर्डप्रेस’ सम्मेलन हुने

विराटनगर । प्रविधिको प्रयोग विस्तारगर्ने उद्धेश्यले विराटनगरमा अन्तराष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजनागर्दै यहि पौष ७ गते सम्मेलन हुने जानकारी गराएको हो ।[...]

विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेल
विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेल

काठमाडौँ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेकामा जोड दिएका छन् । शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले आज[...]

प्राकृतिक विज्ञान संग्राहलय वैज्ञानिकहरुको हव बन्दै ।
प्राकृतिक विज्ञान संग्राहलय वैज्ञानिकहरुको हव बन्दै ।

काठमाडौं, ३  साउन । त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्राहलयले एक विशेष कार्यक्रम गरी ४४ औं वार्षिक दिवस सम्पन्न गरेको छ । मुलुककै पहिलो प्राकृतिक विज्ञान संग्राहलयले ५५ हजार ७ सय विभिन्न[...]