Sorry, your browser does not support JavaScript! धनपालथान का ८० विपन्न परिवारलाई घर निर्माणगरि हस्तान्तरण - Merodesh.news

धनपालथान का ८० विपन्न परिवारलाई घर निर्माणगरि हस्तान्तरण

विराटनगर, मोरङको धनपालथान गांउपालिकाका विपन्न परिवारलाई ८० वटा घर निर्माणगरि हस्तान्तरण गरिएको छ ।

दातृ निकायको सहयोगमा सो गांउपालिकाको वडानम्बर–६ मा निर्माण गरिएको घर र सार्वजनिक भवनहरु हस्तान्तरण गरिएको छ । आज आयोजित कार्यक्रमकाबीच प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले निर्माण गरिएका संरचनाहरु ब्यक्ति र समुदायलाई हस्तान्तरण गरे । रहमा इन्टरनेशनल कुवेतको आर्थिक सहयोग र नेपाल डेभल्पमेन्ट सोसाइटीको समन्वयमा सुकुम्बासी र विपन्न परिवारकालागि घर सहितका संरचनाहरुको निर्माण गरिएको हो । ती संस्थाहरुको सहयोग र समन्वयमा सो ठांउमा ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र, एउटा विद्यालय र एउटा मस्जिद निर्माणगरि समुदायलाई हस्तान्तरण गरिएको छ ।

ती संस्थाहरुले २ करोड २० लाख रुपैयाको लागतमा ती भवनहरु निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको नेपाल डेभल्पमेन्ट सोसाईटीका मोरङ सदस्य अफजल हुसैन गुल्जारले जानकारी दिनुभयो । गतवर्षको आएको लोहन्द्रा खोलाको वाढीले सुकुम्वासीहरुको घर वगाएपछि संस्थाले पीडितहरुकालागि शौचालयसहितको दुईकोठे पक्की घर वनाएर हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्नुहुंदै प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले गरिबी न्युनिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

उनले एक नम्वर प्रदेशमा रहेका गरिव तथा लक्षितवर्गको जिवन उकास्न रोजगार र आयमुलक कार्यक्रमलाई सरकारले महत्व दिएको बताए । उहांले गरिव,विपन्न तथा सिमान्तकृत वर्गलाई लक्षित गरेर प्रदेश सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको समेत बताए । मुख्यमन्त्री राईले अबको एजेन्डा आर्थिक समृद्धि भएको बताउनुहुंदै एक अर्ब रुपैया वरावरको मुख्यमन्त्री सडक सुधार कार्यक्रमलाई समेत अघि वढाएको बताए । कार्यक्रममा संघीय संसदका सांसद शिवकुमार मण्डल, प्रदेश सांसद ज्ञानेश्वर राजवंशी, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल, समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि वराल तथा अल रहिमा इन्टरनेशलका निर्देशक अबु वलिद सल्लेम र मौलाना नजरुल हसन लगायतले आफ्नो मनतव्य राखेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]