Sorry, your browser does not support JavaScript! साप्ताहिक हाट बन्द गर्दै महानगर - Merodesh.news

साप्ताहिक हाट बन्द गर्दै महानगर

विराटनगर, सडक किनारमा लाग्दै आएको साप्ताहिक हाट बजारलाई विराटनगर महानगरपालिकाले बन्द गर्ने भएको छ ।

आगामी आर्थिक बर्ष साउन १ गतेबाट महानगरपालिकाले सडकमा लाग्ने सबै हाट बजारलाई बन्द गर्ने भएको हो । सडकमा लाग्ने हाटका कारण महानगरका बजार लाग्ने क्षेत्र समेत दुर्गन्धित छन भने सडक पूरौ ढाकेर लगाइने बजारका कारण आवागमनमा पनि समस्या हुदै आएको थियो । आउदो आर्थिक बर्षदेखि हाट बजारलाई सहि व्यावस्थापन गर्न महानगरले बन्द गर्ने तयारी गरेको मेयर भीम पराजुलीले जानकारी दिए । बजार व्यावस्थापन गर्न महानगरपालिकाले प्रत्येक वडामा खाली जग्गा खोजेर व्यावस्थापन गर्नेछ ।

मेयर पराजुलीका अनुसार विराटनगर गुद्री क्षेत्रमा लाग्ने हाटलाई पनि व्यवस्थीत गरिने छ । विराटनगर तीनपैनी चोक पूर्व निर्माणाधिन कृषि बजारको निर्माण पछि गुद्री बजारलाई व्यवस्थित गरिने छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]