Sorry, your browser does not support JavaScript! खगेन्द्र डाँगीपछिका नेपालकै होचा ब्यक्ती : उमेर २० बर्ष, उचाइ ३१ इञ्च ( भिडियो ) – Merodesh.news

खगेन्द्र डाँगीपछिका नेपालकै होचा ब्यक्ती : उमेर २० बर्ष, उचाइ ३१ इञ्च ( भिडियो )

विराटनगर, सामान्यतया २० बर्ष उमेर पुगेका मानिसको उचाई कति हुन्छ । सबैको जवाफ आउछ ५ फिट हाराहारी  तर विराटनगरमा २० बर्षे एक युवाको उचाई भने ३१ इञ्च मात्र भएको पाइएको छ । विराटनगर–१९ का २० बर्षिय प्रकाशकुमार सरदारको उचाई ३१ इञ्च अर्थात दुई फुट ७ इञ्च मात्र छ ।

होचा

झट्ट हेर्दा दुधे बालक जस्तो देखिने प्रकाशकुमार सरदारले नागरिकता पनि पाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले विस २०५४ साल असार २ गतेको जन्म मितीको आधारमा उनलाई नागरिकताको प्रमाण पत्र दिएको हो । नेपाल कै होचा ब्यक्तीको प्रमाण २३ बर्षिय खगेन्द्र थापामगरले पाएका छन् । खगेन्द्रले केही समय विश्वका होचो ब्यक्तीको रुपमा गिनिजबुकमा नाम समेत लेखाएका थिए ।  विस २०६८ साल फागुन १४ गते दाङका २१.५ इञ्चका चन्द्रबहादुर डागीले विश्वका होचो ब्यक्तीको प्रमाण पत्र पाएका थिए ।

७२ बर्षको उमेरमा विश्वका होचा ब्यक्तीको उपमा पाएका चन्द्रबहादुरको निधन भैसकेको छ । चन्द्रबहादुरको निधन पछि २६.४ इञ्चका खगेन्द्र विश्वका दोस्रो होचो ब्यक्तीको रुपमा पहिचान बनाएका छन् । तर खगेन्द्र भन्दा ४.६ इच्च मात्र अग्लो प्रकाशको परिचय भने गुमनाम छ । उनी खगेन्द्रपछिको नेपालका होचा ब्यक्ती हुन् ।

जीऊ सानो भएको उनको टाउके केही ठूलो छ । विश्वका सबैभन्दा होचा ब्यक्तीको रुपमा नाम समेत लेखाएका खगेन्द्र भन्दा ४.६ इच्च अग्ला प्रकाशको पारिवारीक अवस्था दयानिय छ । विपन्न परिवारका उनी आप्mनालागि सामान्य काम समेत गर्न सक्दैनन ।‘सानै देखि यस्तै छ ।’ केही समय अघिको भेटमा प्रकाशकी आमा विमलादेवीले भनिन‘ डाक्टरलाई पनि देखायौ तर केही भएन ।’ सामान्य बोलचाल गर्ने उनी धेरै जसो घरमा नै बस्ने गरेका छन् । ‘धेरै समय घरमा नै बस्छ कहिले काही बाहिर बाटोमा निस्कन्छ ’ प्रकाशकी हजुआमा लालीदेवी सरदार भन्छिन ‘नया मान्छे देखे बोल्न लजाउछ ।’

विराटनगर–१९ को सरदार बस्तीमा रहेका प्रकाशको परिवार दैनिक ज्याला मजदुरी गरेर चल्दै आएको छ । उनका दाई श्यामसुन्दर सरदारले जनमजदुरी गरेर परिवार पाल्दै आएका छन् । प्रकाशको परिवारमा ६ बर्षयता विपत्तीले छाडेको छैन । ६ बर्ष अघि बुबा नकुवा सरदारलाई गुमाएका उनले दुई बर्ष अघि १५ बर्षिय भाई विकासलाई गुमाउनु प¥यो । विपती त्यतीमै रोकिएन ६ महिना अघि भाउजु सुनितादेवीलाई पनि गुमाउनु प¥यो । जन्मदर्ताको आधारमा सामाजिक सुरक्षाभत्ता पाउदै आएका उनले नागरिकता बनाएका छन् । ‘ दुईवटा हातले ल्याप्चे लगाएर नागरिकता पाएका थिए ।

महानगरको सहयोग

होचा व्यक्ती प्रकाशकुमार सरदारलाई विराटनगर महानगरपालिकाले मासिक भत्ता उपलब्ध गराउने भएको छ । महानगरपालिकाको बोर्ड बैठकले सरदारलाई मासिक तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । केही समय अघि प्रकाशलाई घरमै पुगेर भेटेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता बापत ३ हजार उपलब्ध गराउने बोर्ड बैठकबाट निर्णय गराएका हुन् ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

‘रामकुमारीको प्रश्न : चुनाव चिन्न आएन भने सती जानुहुन्छ ?’
‘रामकुमारीको प्रश्न : चुनाव चिन्न आएन भने सती जानुहुन्छ ?’

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको चुनाव चिन्ह र झण्डाका नाममा नेतृत्वमा अवसरवाद देखिएकाे भएको बताएकी छन् । विराटनगरमा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुको[...]

विराटनगरमा बयलगाडासहित प्रदर्शन
विराटनगरमा बयलगाडासहित प्रदर्शन

विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा विद्यार्थीहरुले विराटनगरमा बयलगाडासहित प्रदर्शन गरेका छन् । आइतबार संसद् पूनस्थापना माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह निकट विद्यार्थीहरुले बयलगाडासहित प्रदर्शन गरेका[...]