Sorry, your browser does not support JavaScript! द्वन्द प्रभावित महिलाहरुको प्रश्नःहामीलाई न्याय खोई ? - Merodesh.news

द्वन्द प्रभावित महिलाहरुको प्रश्नःहामीलाई न्याय खोई ?

विराटनगर, ४ अषाढ, द्वन्द प्रभावित महिलाहरुले सम्बन्धित आयोगले सही छानबीन गरेर न्याय दिन नसकेको गुनासो गरेका छन ।

मानवअधिकारकालागि एकल महिला समुहले विराटनगरमा आयोजना गरेको द्वन्द प्रभावित महिलाहरुको सवाल विषयक प्रदेशस्तरिय छलफल कार्यक्रममा सहभागि महिलाहरुले यस्तो गुनासो गरेका हुन । उनिहरुले आफ्ना आफन्तजनको बलिदानी र त्यागका कारण मुलुकको शासन ब्यवस्था परिवर्तन भएपनि आफुहरुले न्याय पाउन नसकेको बताएका थिए । इलाम–७ की द्वन्द प्रभावित माया भण्डारीले श्रीमान वेपत्ता भएको बिषयमा राज्य र बिद्रोही पक्षले अहिलेसम्म कुनै जानकारी नदिएको बताउंदै छोराछोरीको पालनपोषण र शिक्षादिक्षाकालागि एक्लै संघर्ष गर्नुपरेको दुखेसो पोखे । उदयपुरकी शोभा दाहालले द्वन्द र आन्दोलनको नेतृत्वगर्नेहरु अहिले सत्ता सुख लिईरहेपनि द्वन्दको क्रममा हत्या गरिएका र बेपत्ता पारिएका परिवारहरुलाई उपेक्षा गरिएको गुनासो गरिन् ।

आयोजक संस्थाकी प्रदेश एक अध्यक्ष लिलि थापाले संघीयतालाई सम्मान गर्दै पीडित पक्षलाई न्याय दिनुपर्ने माग गरिन् । उनले गठन गरिएका आयोगहरुमा द्वन्द पीडितहरुको सहभागिता नभएको र द्वन्द पीडित ठम्याउने परिभाषा समेत अन्यौलपुर्ण रहेको बताइन् । थापाले २०६३ सालपछि भएको द्वन्दका पीडितहरुको अभिलेखीकरण समेत छुटेको बताइन् । सत्य निरुपण तथा मेलमिलाप आयोगका प्रदेश एक संयोजक चिरञ्जिवी पराजुलीले प्रदेश एकमा द्वन्द पीडितका १२ सय उजुरी परेकोमा ५ सयको अन्तिम प्रतिवेदन पठाइसकेको र थप एक सयको पठाउने तयारीमा रहेको बताए । उहांले निर्वाचन,बाढीपहिरो र जनशक्तिको अभावमा अपेक्षित गतिमा काम गर्न नपाएको स्वीकार गरे ।

प्रदेश नम्बर एकका उपसभामुख सरस्वती पोखरेलले द्वन्द पीडित महिला र परिवारहरुले न्याय नपाए आर्थिक र समृद्धिले गति लिन नसक्ने बताइन् । उनले पीडित महिलाहरु थप संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताइन् ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष बिक्रम लुईटेल र महिला तथा बालबालिका कार्यालय मोरङ प्रमुख दुर्गा भण्डारी बराल लगायतले पीडितहरुको समस्या समाधानगर्न राज्य पक्ष थप गम्भीर हुनु आवश्यक रहेको बताए ।

कार्यक्रमका  केहि तस्विरहरु :

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]