Sorry, your browser does not support JavaScript! नेपालले अब चीनसँगपनि पारवाहन हक खोज्नुपर्छ : श्रेष्ठ - Merodesh.news

नेपालले अब चीनसँगपनि पारवाहन हक खोज्नुपर्छ : श्रेष्ठ

काठमाडौं, पूर्व राजदुत एवम् परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पारवाहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न यसपटक प्रोटोकलमा हस्ताक्षर हुने विश्वास दिलाए ।

पारवाहन

प्रधानमन्त्रीको चीन भ्रमणको पूर्व सन्ध्यामा शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्ने क्रममा उनले यसो भनेका हुन्।  चीनसँग १४ राष्ट्रहरुको सिमा जोडिएको बताउँदै उनले भने,‘त्यसमा ८ वटा ल्याण्डलक्ड छन्, यीनीहरुसँगपनि चीनले बिआरआईमार्फत सिल्क रोडमा जोड्न चाहेको छ, रेशम मार्गमा जोडिनेबित्तिकै यी देशहरुको स्वर्ण युगमा प्रवेश हुन्छ।’

नेपालले भारतसँगमात्रै नभएर अब चीनसँगपनि पारवाहनको हक खोज्नुपर्ने श्रेष्ठको भनाई छ । उनले भने,‘ल्याण्डलकलाई अब ल्याण्डलिंक बनाउनुपर्छ।’ चीनको लगानीमा काभ्रेको पाँचखालमा र रसुवामा ईकोनोमिक जोन बन्न लागिरहेको बताउँदै उनले अब नेपालले उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए । चीनसँग अम्ब्रेला ईनर्जीमा सम्झौता हुने भएकोले ठूलो अनुदानमा विधुतीय प्राजेक्ट र सफ्ट लोनमा अन्य चार वटा ईनर्जीको क्षेत्रमा काम गर्नुपर्ने पनि उनले बताए । नेपालको श्रम र कच्चा पदार्थ अनि चीनको प्रविधि र लगानीबाट यहाँको विकास गर्न सकिने उनको भनाई छ।

यस पटकको प्रधानमन्त्रीको भ्रमणमा जलस्रोत र उर्जा क्षेत्रमा सम्झौता हुने संभावना रहेको पनि श्रेष्ठले सुनाए । त्यस्तै उनले नेपाल र चीनले उत्तरी क्षेत्रको विकासको लागि एकीकृत पहल थाल्नुपर्ने पनि बताए । चीन र भारत दुवैको रेल काठमाडौंमा आउने बताउँदै उनले भने,‘यी दुवै देश नेपालको लागि दायाँ र बायाँ खुट्टाजस्तै हो।’ प्रधानमन्त्रीको चीन भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताए । मुलुकको समृद्धिको लागि कुटनीति र पार्टनरसिपलाई नेपालले बढावा दिनुपर्ने पनि श्रेष्ठको भनाई छ । नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारीलाई अघि बढाउनुपर्ने उनको सुझाव छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]