Sorry, your browser does not support JavaScript! विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन - Merodesh.news

विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन

विराटनगर, ईदको अवसरमा सार्वजनिक विदा नदिएको भन्दै विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

पुत्ला

विराटनगरको भन्सारक्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको हो । राष्ट्रबादी युवा समुहको अगुवाईमा विरोध ¥याली सहित निकालिएको प्रर्दशनकारीको जुलुसले विराटनगर भन्सारक्षेत्रको दुई नम्बर गेट छेउमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । मुस्लिम समुदायको सबभन्दा ठुलो चाडमा विदा कटौती गरिएको र सो बिषयमा आफुहरुले सांकेतीक आन्दोलन गर्दै आएपनि सरकारले नसुनेका कारण विरोधस्वरुप प्रधानमन्त्रीको पुत्ला दहन गरिएको राष्ट्रबादी युवा समुहका अध्यक्ष मुस्लिम मियांले जानकारी दिए ।पुत्ला

विराटनगरको वडानम्बर १७ रानीचोकतर्फबाट निस्किएको समुहले प्रधानमन्त्री र सरकार बिरोधी नाराबाजी गर्दै पुत्ला दहन गरेको थियो । प्रर्दशनकारीले पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रर्दशनकारी र प्रहरीबीच घम्साघम्सी समेत परेको थियो । भन्सारक्षेत्रको दुई नम्बर गेट छेउमा पुत्ला दहन गरेपछि प्रर्दशनकारी फेरी रानी चोकतर्फ नै गएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]