Sorry, your browser does not support JavaScript! प्रदेश सरकारको बजेटलाई नीजि क्षेत्रबाट स्वागत - Merodesh.news

प्रदेश सरकारको बजेटलाई नीजि क्षेत्रबाट स्वागत

बिराटनगर, एक नम्बर प्रदेश सरकारले शुक्रबार प्रस्तुत गरेको पहिलो पुर्ण बजेटलाई नीजि क्षेत्रले स्वागत गदै राम्रो बजेट भनेको छ ।

प्रदेश

शुक्रबार एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले आगामी आर्थिक बर्ष २०७५।०७६ कालागि प्रस्तुत गरेको पुर्ण बजेटबारे नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुले बजेट राम्रो भन्दै स्वागत गरेका हुन ।
उद्योग बाणिज्य महासंघ एक नम्बर प्रदेशका अध्यक्ष राजेन्द् राउतले पहिलो चोटी प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सकारात्मक रहेकोले बजेट कार्यान्वय भएमा प्रतिफल राम्रो आउने बताए । उनले चालु बर्षको बजेट संयन्त्र अभावमा खर्च नभएकोले आगमी बजेट पनि खर्च हुन नसक्ने होकि भन्ने आशंका रहेकोले बजेट खर्च गराउन सरकारले बिशेष जोड दिनुपर्छ भने । उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले सरकारले सबै क्षेत्रलाई मिलाएर राम्रो बजेट ल्याएको र उद्योग व्यपारलाई पनि प्राथमिकता दिएकोले बजेट अति नै राम्रो भएको बताए । मोरंग व्यपार संघका अध्यक्ष पवन सारडाले राम्रो बजेट ल्याएकोमा सरकारलाई धन्यावाद दिए ।

सबै क्षेत्रलाई मिलाएर प्रत्यक्ष लाभ हुने खालेको बजेट ल्याउनु , औधोगिक प्रर्दशनी स्थल , स्थानिय तहसम्म औधोगिक ग्राम स्थापना , उद्योगकालागि जग्गा व्यवस्था , औधोगिक सुरक्षामा जोड र र बिभिन्न करिडोरहरु संचालन गराउने कार्यक्रम स्वागत योग्य भएको उद्योगी व्यपारीहरुको भनाई छ । औधोगिक लगानी बोर्डको स्थापना , प्रदेशिक बिमान स्थल , श्रमिक आपुर्ति एकद्रार प्रणालीबाट सेवा र बिशेष आर्थिक क्षेत्र निर्माणमा जोड आदि कार्यक्रमले प्रदेशका उद्योगी व्यवसायीहरुमा उत्साह थपेको छ , उनिहरुले भने ।

कुन कुन बिषयमा कति बिनियोजन

एक नम्बर प्रदेश सरकारले प्रस्तुत गरेको बजेटले सुरक्षा ,समाजिक न्याय र एकतामा १ अर्ब २९ करोड, बन वतारण र सरसफाई र खानेपानीमा २ अर्ब ७४ करोड आवास तथा भौतिक पुर्वाधार बिकासमा ९ अर्ब ५० करोड रुपैया बिनियोजन गरेको छ । यसैगरि युवा तथा खेलकुद बिकासमा ४३ करोड स्वास्थ्य कार्यक्रममा शिक्षा क्षेत्र पुर्वाधार निर्माणमा १ अर्ब ३५ करोड ,उद्योगमा १ अर्ब ३० करोड, उर्जा बिकास र जलस्रोतमा ७१ करोड पर्यटन पुर्वाधार बिकासमा ८९ करोड अनि कृषीमा २ अर्ब ८५ करोड बजेट बिनियोजन गरेको छ । बजेटले प्रत्येक प्रदेश साँसदलाई २ करोड रुपैया निर्वाचन बिकास कार्यक्रममा दिने पनि घोषणा गरेको छ ।

प्रदेश सरकारले २७ जेठमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमै पुर्ण आधारित रहेर अर्थमामिला मन्त्री आङबोले प्रस्तुत गरेको आगामी बर्षको पहिलो पुर्ण प्रादेशिक बजेटले सबै भन्दा बेष्ट एक नम्बर प्रदेशलाई मुल नारा बनाएर सेवा प्रबाह गर्ने लक्ष्य लिएको छ ।

प्रस्तुत बजेटले न्युनतम आधारभुत आवश्यकता पुर्ति गर्ने र स्रोत परिचालन गरि संबृद्धी हासिल गर्ने उद्देश्य लिएको छ ।बजेटले मानबिय आवश्यकताको प्रबृद्धन , पुजी बिकास र परिचालन , भौतिक पुर्वाधार निर्माण आम नागरिकलाई शुसासन लगायतलाई प्राथमिकता दिएको छ। बजेटले प्रत्येक स्थानिय तहलाई २३ लाख रुपैया समान्यिकरण अनुदान प्रदान गरेको छ ।यसैगरि १ करोड सर्सत अनुदान प्रदान गर्ने र उत्कृष्ट कार्य गर्ने तहलाई थप ५ करोड अनुदान दिने व्यवस्था पनि गरेको छ ।

कृषी

कृषी तर्फ स्थानिय तहसँग समन्वय गरेर कृषी कार्यक्रम संचालन गर्ने लक्ष्य बजेटको छ । यसैगरि कृषी अनुदान कोष निर्माण गर्ने , अनुसन्धान केन्द्रको स्तरोन्नती गर्ने , कृषी यन्त्र आधुनिकिकरणमा जोड दिने , कृषक समुहलाई प्रोत्साहन गर्ने , माटो सुहाउँदो बाली लगाउने नगदे बालीहरुको व्यववसायिक प्रबृद्धन गरेर उत्पादन बढाउने , पशुधन केन्द्र खोल्ने , एक स्थानिय तह एक उत्पादन कार्यक्रम संचालन गर्ने , आर्गेनिक खेतीलाई प्रोत्साहन दिने र प्रदेशमा यसै बर्ष ३ वटा शितभण्डार स्थापना गर्ने र धुलो दुध उत्पादन कारखाना निर्माणकालागि पहल थाल्ने बजेटमा उल्लेख छ । यसैगरि इलाममा एक प्रर्दशनी स्थल निर्माण गर्ने , मुख्य मन्त्री उत्कृष्ट कृषक कार्यक्रम संचालन गर्ने , हुलाकी मार्गलाई कृषी करिडोर सडक घोषणा गरेर संचालन गर्ने , दुघ , माछा मासुमा आत्म निर्भर बनाउने घोषणा पनि बजेटले गरेको छ ।

पर्यटन

प्रस्तुत बजेटले पर्यटन व्यवसायमा २ हजारलाई रोजगारी सृजना गर्ने , पुर्वाधार बिकास गरि पर्यटन बिकासको लगानीलाई नीजि क्षेत्रलाई प्रोत्साहन दिने , बिराटनगर बिमानस्थललाई अन्तराष्टिय स्तरको बनाउने , माउन्टेन फलाईट संचालन गर्ने , धरान , भेडेटार , धनकुटा तेह्रथुममा बिमान स्थल चाँडो संचालन गराउने । मुख्य धार्मिक र पर्यटकय क्षेत्रमा केबल कार स्थापना गर्ने मेची कोशी राजमार्गमा १ सय होमस्टे संचालन गराउने , प्रदेशमा पाँच वटा पर्यटकिय गाउँपालिका घोषणा गर्ने , र सन २०२० देखी २२ सम्म पाँच हजार पर्यटक भित्रयाउने उल्लेख बजेटमा छन । यसैगरि प्रदेशमा एक पर्यटकिय शहर बनाउने र बीर शहिद भुमिलार्य नमुना पर्यटकिय गाउँ बनाउने पनि बजेटले घोषण गरेको छ ।

उर्जा

महत्वपुर्ण सडकमा सोलार बत्ती जडान गर्ने र तमोर जलबिद्युत्त प्रादेशि अयोजना संलालन गर्ने बजेटले घोषणा गरेको छ । यसैगरि एकद्धार प्रणाी मार्फत गैसस परिचालन गर्ने , गरिब परिचत्र बितरण गरेर निवारण कार्यक्रम चलाउने , आत्म निर्भर युवा कोष स्थापना गर्ने पनि बजेटले व्यवस्था गरेको छ ।

उद्योग

उद्योगतर्फ प्रादेशिक औधोगिक बोर्ड स्थापना गर्ने , नीजी क्षेत्रसँग लगानीमा सहकार्य गर्ने , एकद्धार नीतिबाट उद्योग सेवा दिने , बिराटनगरमा अन्तराष्टिय स्तरको औधोगिक प्रर्दशनी स्थल निर्माण गर्ने , औधोगिक पार्क बनाउने , र उदयपुर सिमेन्ट कारखानालाई पुर्ण क्षमतामा संचालन गनेृ व्यवस्था बजेटमा छ । शिक्षा तर्फ प्रदेशका १४ वटा बिद्यालयलाई उत्कृष्ट बिद्यालय घोषणा गर्ने , सामुदायिक बिद्यालयलाई आवासिय बनाउदै लैजाने , एक स्थानिय तह एक एमबिबिएस बिद्यार्थी छात्रबृत्ती कार्यक्रम संचालन गर्ने र पाँच बर्ष सरकारले तोकेको ठाउँमा सेवा गर्नुपर्ने बजेटमा उल्लेख छ । यसैगरि मनमोहन पोलिटेक्नििकलाई बहु प्राबिधिक बिद्यालय बनाउने र बिश्बिद्यालय बनाउन पहल गर्दै जाने कार्यक्रम बजेटमा छ। यसैगरि मोरंगको पथरीमा अवस्थित भुटानी शरणार्थी जग्गामा बहुजातिय संग्राहलय बनाउने , मोरंग क्याम्पसमा ईलाईब्रेरि स्थापना गर्ने , स्ताकोत्तर क्याम्पसमा बोटानिकल गार्डेनलाई संरक्षण गर्ने , मातृभाष र नैतिक शिक्षामा जोड दिने , र झापाको कलबलगुडी प्रशिक्षण केन्द्रलाई स्टाफ कलेजका रुपमा स्तरोन्नती गर्ने बजेटले बताएको छ ।

स्वास्थ्य

स्वास्थ्यतर्फ प्रत्येक स्थानिय तहमा २५ शैयाको र जिल्लामा १ सय शैयाको र प्रदेशमा १५ देखी २५ सय शैयाको अस्पताल संचालन गर्ने , औषधी उत्पादनमा जोड दिने , प्रत्येक जिल्ला अस्पतालमा बर्थिंग से्न्टर चलाउने घर घरघरमा शिवर पठाएर स्वास्थ्य जाँच गराउने व्यवसथा मिलाउने बजेटमा उल्लेख छ ।

यूवा तथा खेलकुद

युवाहरुलार्य परियोजना र नागरिकताका आधामार अनुदान दिएर उत्पादन मुलक कार्यमा लगाउने घोषणा बजेटको छ। यसैगरि प्रत्येक जिल्लामा आधुनिक रंगशाला निर्माण गर्ने ,कभर्ड हल बनाउेन , ईटहरीमा अन्तराष्टिय क्रिकेट मैदान बनाउने , बिराटनगर रंगशालको स्तरोन्नती गर्ने , प्रदेशको आफनै खेलकुद परिषद गठन गर्ने व्यवस्था बजेटको छ ।

भौतिक निर्माण

एक निर्वाचन क्षेत्र एक प्रदेश स्तरिय सडक निर्माण गर्ने , सुकुम्बासी नमुना बसोवास कार्यत्रमm संचलान गर्ने , प्रदेशमा दुई स्मार्ट सिटीको अध्यन थालिने , मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम संचालन गर्ने , बिराटनगर धरान मोनोरेल सचालन गर्ने , र बिभिन्न बैकल्पिक सडक र करिडोरहरु निर्माण गर्ने योजना बजेटको छ ।

बन बतावरण

बन बतावरण तर्फ बन्य जन्तु आरक्षण केन्द् घोषण गर्ने , कोशी टप्पु रामधुनी , जामुखन खाडी लगायत षेत्रलार्य खुला आरक्ष क्षेत्रको रुपमा बिकास गर्ने , झापामा हात्ती करिडोर क्षेत्र निर्माण गर्ने बजेटमा उल्लेख छ । यस्तै एक घर ५ बिरुवा कार्यक्रम चलाउने , र धेरै बिरुवा रोप्नेलाई पुरस्कृत गर्ने आर्सेनिक मुक्त्त खानेपानीको व्यस्था गर्ने र पाँच बर्षभित्र सबै घरमा खानेपानीको धारा पुरयाउने योजना बजेटमा छन ।

सुरक्षा

सुरक्षा तर्फ महिलाप्रहरीकालागि चेन्जिंग रुपको व्यवस्था गर्ने शिशु केन्द्र संचालन गर्ने , सिमा अपराध नियन्त्रण गर्ने , प्रादेशिक बिधि बिज्ञानशाला स्थापना गर्ने , प्रत्येक ईप्रकालाई एउटा सवारी उपलव्ध गराउने र ३ बर्ष भित्र प्रदेश प्रहरीलाई नुमना प्रहरी बनाएरै छाडने प्रतिबद्धता पनि बजेटमा छन । यसैगरि कक्षा ८ देखी १२ सम्मका बिद्यार्थीहरुकालािग म अघि बढछु कार्यक्रम संचालन गर्ने योजना बटेको छ ।

सुचना संचार

प्रदेशमा आइटी पार्क निर्माण गर्ने , प्रदेश काउन्सिल गठन गर्ने , आम संचार प्रतिष्ठा नस्थापना गर्ने , रिर्पोटमा घाइते पत्रकारको निशुल्क उपचार गरिदिने र प्रदेश महासंघलाई आवश्यक सहयोग गर्ने व्यवस्था पनि बजेटले गरेको छ ।
शुसासन तर्फ भ्रष्टचारमा शुन्य सहनशिलता लिने र पाँच बर्ष भित्र सबै सेवालाई डिजिटाईजेसन गर्ने योजना बजेटको छ ।
साथै बजेटले हरके बर्ष प्रदेशमा चलचित्र महोत्वस गर्ने र चलचित्र नगरकालागि पुर्वाधार बिकास सुरुआत गर्ने पनि घोषणा गरेको छ ।

बजेट खर्च स्रोत

केन्द्र सरकारबाट प्राप्त समान्यिकरण अनुदान , समपुरक अनुदान र सर्सत अनुदान मुख्य श्रोत रहेको बजेटले राजस्वतर्फ ३ अर्ब ६६ करोड ७८ लाख अनुदानबाट २२ अर्ब ८८ करोड ७० लाख राजस्व बाँडफाँडबाट ९ अर्ब १८ करोड ११ लाख खर्च बेहोर्ने अनुमान गरेको छ । चालु बर्षकालागि प्रदेश सरकारको नगद मौज्दात २० करोड रहेको पुर्वानुमान बजेटको छ ।

बजेट खर्च अनुमान

२९ चैत २०७४ मा प्रस्तुत चालु बर्षको बजेट अनुमान मध्ये जेठ मसान्त सम्म ४० करोड २२ लाख २१ हजार मात्र खर्च भएको छ । जस मध्ये चालुतर्फ रु. ३३ करोड ४३ लाख ३ हजार र पुँजीगत तर्त रु. ६ करोड ७९ लाख १७ हजार रहेको छ । अगामी अषार मन्सान्त सम्म चालु खर्च . ५४ करोड ३४ लाख मध्ये ४३ करोड ३३ लाख ३५ हजार र पुँजीगत तर्फ ४७ करोड ७१ लाख मध्ये २७ करोड १८ लाख ९९ हजार खचत हुने शंसोधित अनुमान बजेटको छ । खर्च गर्ने आफनै सयन्त्र नहुँदा बजेट खर्च गर्न समस्या भएको अर्थ मामिला मन्त्री आङबोले बताए ।

प्रदेशको आर्थिक अवस्था

एक नम्बर प्रदेशको कुल ग्राहस्थ उत्पादन ५२ अर्ब ५० करोड ९४ लाख रहेको छ । यो कुल ग्राहस्थ ईत्पादनको १७.५५ हो । यस प्रदेशको प्रतिव्यक्त्ति आया १,१२४ अमेरिकी डलर रहेको छ । यो प्रदेशमा मानव बिकास सुचकांक ० दशमलब ५०४, रहेको छ । यस प्रदेशका नागरिकको औषत आयु ६८.५ वर्ष , साक्षरता दर ६५.३५, मानवीय गरिबी सूचक २७.२, बाल मृत्युदर (प्रखत हजार जन्ममा) ३५.६ रहेको छ । यो प्रदेशमा कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कृषी क्षेत्रको ४८.४५ रहेको छ । त्यसपखछी क्रमश व्यपार क्षेत्रको १४.२५, जग्गा क्षेत्रको ७.५५, यातायात संचार क्षेत्रको ६.६५, उद्योग क्षेत्रको ६.४५, खनमातण क्षेरको ६.३५, खशक्षा र स्वास््य क्षेरको ४.१५, र खवत्तीय सेवा क्षेरको २.७५ रहेको छ ।

कुल ३६ अर्ब बरावरको बजेट

एक नम्बर प्रदेश सरकारले आगामी आर्थिक बर्षकालागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेको छ ।  एक नम्बर प्रदेश सरकारका अर्थमामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले आगामी आर्थिक बर्ष २०७५।०७६ कालागि चालु खचतर्फ १४ अर्ब ९२ करोड १८ लाख र पुँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख रुपैया र अन्तरसरकारी हस्तान्तरणतर्फ रु २ अर्ब ५० करोड ५० लाख रुपैया बरावरको बजेट शुक्रबार एक नम्बर प्रदेश सभामा प्रस्तुत गरेका हुन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]