Sorry, your browser does not support JavaScript! बालिका शक्ति परियोजना प्रभावकारी भएको निष्कर्ष - Merodesh.news

बालिका शक्ति परियोजना प्रभावकारी भएको निष्कर्ष

विराटनगर, मोरङको विभिन्न नगरपालिका र गांउपालिकामा सञ्चालित बालिका शक्ति परियोजनाको समिक्षा गरिएको छ ।

मोरङको विभिन्न चारवटा नगरपालिका र पांचवटा गांउपालिकामा प्लान नेपालको सहयोगमा फरवार्ड नेपालले सञ्चालन गरेको महिला शसक्तिकरण परियोजनाको सरोकारवालाको उपस्थितिमा समिक्षा गरिएको हो । आर्थिकबर्ष २०७४–७५ मा सञ्चालन गरिएको कार्यक्रमको बिषयमा तथ्यांक प्रस्तुत गर्नुहुंदै फरवार्ड नेपालका परियोजना अधिकृत सुरज खनालले परियोजना सञ्चालन भएपछि ग्रामिणक्षेत्रका किशोरी र महिलाहरुमा आत्मविश्वास बढ्नुका साथै उनिहरु उद्यमशिल कार्यक्रमहरुमा अग्रसर भएको बताउनुभयो ।

कार्यक्रमका सहभागि जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल,कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामत,जहदा गांउपालिकाका प्रमुख कैलाशप्रसाद मण्डल र ग्रामथान गांउपालिकाका प्रमुख शिवनारायण माझी लगायतले परियोजना सञ्चालन भएपछि बालविवाह न्युनिकरणमा सघाउ पुगेको र महिला तथा किशोरीहरुमा हिंसा बिरुद्ध खुलेर बोल्न र आफ्ना मुद्धा उठान गर्नसक्ने क्षमताको विकास भएको  बताउनुभयो । उहांहरुले मोरङका थप गांउपालिकाहरुमा ती कार्यक्रमहरु लानुपर्ने बताउनुभयो । सो परियोजना अन्र्तगत ३७५ जना महिला तथा किशोरी प्रत्यक्ष लाभान्वित भएको फरवार्ड नेपालका परियोजना अधिकृत खनालले जानकारी दिनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]