Sorry, your browser does not support JavaScript! ओजन पानीमा सिलबन्दी - Merodesh.news

ओजन पानीमा सिलबन्दी

विराटनगर, मोरङ उर्लाबारी – ६ स्थित आर.के. इण्डष्ट्रिज प्रालीमा सिलबन्दी भएको छ । क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरको टोलीले मापदण्ड पुरा नगरेको पाएपछि सिलबन्दी गरेको हो ।

सो पानी उद्योग मापदण्ड बिपरित सञ्चालन भईरहेको पाइएपछि सिलबन्दी गरिएको कार्यालयका खाद्य निरीक्षक प्रेम अर्यालले जानकारी दिए । क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय मोरङ सहित जिल्ला प्रशासन कार्यालय मोरङ र पानी व्यवसायी संघ मोरङको टोलीले पानी उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड बिपरित भेटिएपछि उद्योगमा सिलबन्दी गरेको हो ।

ओजन पानी उद्योगले न्युनतम मापदण्ड समेत पुरा नगरी पानी उत्पादन गर्दै आएको भेटिएपछि सिलबन्दी गर्नुपरेको खाद्य निरीक्षक अर्यालले बताए । ओजन पानीमा लेदो भेटिएपछि दुई दिन अघि स्थानीय एक उपभोक्ताले इलाका प्रहरी कार्यालय उर्लाबारीमा लिखित उजुरी दिएका थिए । सो उजुरीलाई जिल्ला प्रशासन कार्यालयले क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो । पटक – पटक अनुगमन गर्ने क्रममा पनि ओजन पानी उद्योगले समान्य मापदण्ड पनि पुरा नगरेकाले उद्योगमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय, मोरङका नायव सुब्बा केदार घिमिरेले बताए । ओजन पानीको सिल गरिएको बोतलमा लेउ भेटिएपछि समाचार लेखेका पत्रकार केदार चौहनलाई उद्योग सञ्चालकले फसाएका थिए । उर्लाबारीमा ओजन पानी उत्पादनसँगै क्रसर उद्योग सञ्चालन गर्दै आएका केहि बिवादास्पद ब्यक्तिहरुको उक्साहटमा इलाका प्रहरी कार्यालय उर्लाबारीले बिहिवार स्थानीय पत्रकार केदार चौहानलाई पक्राउ गरेको थियो । उनी शुक्रवार रिहा भएका थिए ।

पत्रकारलाई फसाइयो

उर्लाबारीमा ओजन पानी उत्पादनसँगै क्रसर उद्योग सञ्चालन गर्दै आएका केहि बिवादास्पद ब्यक्तिहरुको उक्साहटमा इलाका प्रहरी कार्यालय उर्लाबारीले बिहिवार स्थानीय पत्रकार केदार चौहानलाई पक्राउ गरेको थियो । एउटा गिरोह नै खडा गरेर बिभिन्न अबैध कारोबारमा संलग्न रहेका ब्यक्तिहरुले प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनालाई प्रभावमा पारी योजनाबद्ध रुपमा बिहिवार चौहानलाई पक्राउ गराएका थिए ।

ओजन पानीमा लेदो भेटिएको समाचार राष्ट्रिय समाचार पत्र दैनिकमा प्रकाशित भएपछि उर्लाबारी – ५ का ध्रुबचन्द्र पराजुली, वडा नम्बर १ का गोबिन्द भट्टराई र उर्लाबारीकै नरकाजी श्रेष्ठ लगायतको समुहले कति रकम सहयोग गर्न सकिन्छ भन्दै बार्गेनिङ गरेर चौहानलाई फसाएका थिए । ओजन पानी उद्योग मापदण्ड बिपरित र पानीमा लेखो भेटिएको समाचार पत्रकार चौहानले पर्दाफास गरेपछि उनलाई योजनाबद्ध रुपमा फसाईएको थियो । उनी शुक्रवार रिहा भएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]