Sorry, your browser does not support JavaScript! आगामी आर्थिक बर्षकालागि एक नम्बर प्रदेशमा ३६ अर्बको बजेट प्रस्तुत - Merodesh.news

आगामी आर्थिक बर्षकालागि एक नम्बर प्रदेशमा ३६ अर्बको बजेट प्रस्तुत

विराटनगर,  १ नम्बर प्रदेश सरकारले आगामी आर्थिक बर्षकालागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ । संघिय व्यावस्था अनुसार बनेको प्रदेश सरकारले पहिलो पटक पूर्ण आकारको ३५ अर्ब ९३ करोड ६० लाख रुपैया बरावरको अनुमानित आय व्याय सार्वजनिक गरेको हो ।

एक नम्बर प्रदेश सरकारका अर्थमामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले आगामी आर्थिक बर्ष २०७५।०७६ कालागि कुल चालु खचतर्फ १४ अर्ब ९२ करोड २८ लाख र पुँजीगततर्फ १८ अर्ब ५० करोड ९३ लाख रुपैया बरावरको बजेट शुक्रबार अपरान्ह्र एक नम्बर प्रदेश सभामा प्रस्तुत गरेका छन ।

बजेटले सुरक्षा र समाजिक न्यायमा १ अर्ब २९ करोड बन वतारण र सरसफाईमा २ अर्ब ७४ करोड आवसा तथा पुर्वाधारमा ९ अर्ब ५० करोड युवा तथा खेलकुदमा ४३ करोड स्वास्थ्यमा १ अर्ब ४४ करोड शिक्षामा १ अर्ब ३५ करोड उद्योगमा १ अर्ब २० करोड उर्जा बिकास र जलस्रोतमा ७१ करोड पर्यटन पुर्वाधार बिकासमा ८९ करोड कृषीमा २ अर्ब ८५ करोड बजेट बिनियोजना गरेको छ ।

कृषि र पर्यटन पूर्वाधार क्षेत्रको विकासमा केन्द्रित बजेटले जलविद्युत, औद्योगिक क्षेत्र, शिक्षा स्वास्थ्य, यातायात बातावरणलगायत क्षेत्रलाई समेटेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इनद्रबहादुर आङ्बोले ‘सबैभन्दा बेस १ नम्बर प्रदेश ’ नारा सहित सहित कृषि पर्यटन र उद्योग क्षेत्रलाई फोकस गरेर बजेट सार्वजनिक गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]