काठमाडौं, त्रिभुवन विश्वविद्यालयले इस्ट चाइना युर्निभर्सिटी अफ टेक्नोलोजीका प्रमुख प्रा लिउ युस्याङ्गको उपस्थितिमा नेपाल चिनको सम्वन्धमा कन्फुसियस इन्स्टिच्युटको योगदान शीर्षकको छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
त्रिभुवन विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका विच त्रिभुवन विश्वविद्यालयमा कन्फुसियस इन्स्टिच्युट निर्माण गर्ने विषयमा सम्झौता भइसकेको छ । छलफलमा इन्स्टिच्युट निर्माणवाट द्धिदेशिय सम्वन्धमा पर्ने प्रभावका वारेमा छलफल भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले उच्चशिक्षामा देखापरेको अन्तराष्ट्रियकरणलाई आत्मसाथ गर्दै विश्वविद्यायको अध्ययन÷अध्यापनलाई विश्वव्यापी बनाउन अन्तराष्ट्रिय अनुसन्धान केन्द्रहरु स्थापना गर्ने विश्वविद्यालयको रणनीति रहेको बताउनुभयो । त्रिवि गणतन्त्र चिनका विभिन्न विश्वविद्यालय,अध्ययन संस्थान एवं अनुसन्धान केन्द्रहरुसँग सहकार्य गरेर उच्चशिक्षाको स्तरोन्तरी गर्न चाहिरेको अवगत गराउनुभयो । उहाँले कन्फुसियस इन्स्टिच्युटले दुईदेशको कला,संस्कृति विज्ञान एवं सभ्यताका विभिन्न आयामहरुका वारेमा अध्ययन अनुसन्धान हुने र द्धिदेशिय पारस्परिक हितका निमित्त ज्ञानको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गर्नुभएको थियो ।
इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्रमुख प्रा.लिउ युस्याङ्गले महान दार्शनिक,चिन्तक एवं प्राज्ञ कन्फुसियसको जिवन प्रणालीवाट मानवले अनेकौ ज्ञान आर्जन गर्न सक्ने र उहाँको जिवन प्रक्रियालाई अनुसरण गर्नसके जिवन सफल रहने बताउनुभयो । कन्फुसियस इन्स्टिच्युटले नेपालमा चिनिया भाषा,संस्कृति र सभ्यताको आदान प्रदान हुने,चिनिया विज्ञ र नेपालका विज्ञहरुविच निरन्तर सम्वन्धको विकास हुने अपेक्षा गर्नुभयो । त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षामा गरेको नेतृत्वले आफुहरु थप उत्साहित रहेको र देशैभरी पैmलिएरको यसप्रकारको उच्चशैक्षिक संस्थासँगको सम्वन्धले आफुहरु झनै आकर्षित भएको समेत बताउनुभयो।
कार्यक्रममा त्रिवि अन्तराष्ट्रिय सम्वन्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.भूपप्रसाद धमलाले मित्रराष्ट चिनबाट त्रिवि भ्रमणमा रहनुभएका इस्ट चाइना युर्निभसिटी अफ टेक्नोलोजीका प्रमुख र उहाँको नेतृत्वमा उपस्थित चिनिया अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका सल्लाहकार डा.रमेश आर्चायले त्रिवि र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीकोे पहलमा निर्माण हुन लागेको कन्फुसियस इन्स्टिच्युटको महत्व र यसले नेपाल र चिनको द्धिदेशिय सम्वन्धमा पार्ने प्रभावका विविध आयामहरुका वारेमा जानकारी गराउनुभएको थियो । उहाँले दुईदेशबिच शताब्दीऔं देखि चलिरहेको सम्वन्धलाई थप प्रगाढ एवं अर्थपूर्ण बनाउने र द्धिदेश विचको भाषा,संस्कृति एवं दर्शनका विभिन्न पक्षहरुमा काम गर्ने योजना गरेको बताउनुभयो ।
इस्ट चाइना युर्निभर्सिटी अफ टेक्नोलोजीका प्रमुख सहितको टोलाीलाई त्रिवि अन्तराष्ट्रिय केन्द्रका कार्यकारी निर्देशक प्रा.डा भूपप्रसाद धमलाले त्रिवि अन्तर्गतका जनप्रशासन क्याम्पस बल्खु, भौतिक शास्त्र केन्द्रीय विभाग, रसायनशास्त्र केन्द्रीय विभाग,अंग्रेजी केन्द्रीय विभाग एवं आर्युवेद क्याम्पस लगायतका क्याम्पस एवं विभागमा अवलोकन गराउनुभएको थियो । अवलोकनका क्रममा त्रिविको भौतिक एवं शैक्षिक अवस्था, विद्यार्थीको उपस्थिति, प्रयोगशाला एवं पुस्तकालयका अवस्थाका वारेमा प्रमुख प्रा.लिउ युस्याङ्गले जानकारी लिनुभएको छ ।