Sorry, your browser does not support JavaScript! ‘तिमी हुन्छौ जहाँ–जहाँ’ अषाढ ८ बाट प्रदर्शन हुने - Merodesh.news

‘तिमी हुन्छौ जहाँ–जहाँ’ अषाढ ८ बाट प्रदर्शन हुने

विराटनगर, नेपाली कथानक चलचित्र ‘तिमी हुन्छौ जहाँ–जहाँ’ अषाढ ८ बाट प्रदर्शनमा आउने भएको छ ।

उक्त चलचित्र निर्माता ब्यानर बी एण्ड बी फिल्मस प्रालिले शुक्रबार नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी गराएको हो । सो बिषयमा पत्रकार सम्मेलनमा जानकारी दिनुहुंदै चलचित्र निर्माता डालचन्द्र दवाडीले चलचित्र छायांकन र सम्पादन लगायतका निर्माण सम्बन्धि सम्पुर्ण कामहरु पुरा भएको र यहि अषाढ ८ गतेबाट देशब्यापीरुपमा प्रर्दशनमा ल्याईने जानकारी दिनुभयो । उहांले प्रेमकथामा आधारीत सो चलचित्रले दर्शकको मन जित्ने दाबी गर्नुभयो । चलचित्रमा बिकास बस्यालको कथा–निर्देशन रहेको छ ।

यस्तै चलचित्रमा मलिना जोशी,मणिसुन्दर श्रेष्ठ,तमन्ना केसी र स्वरुप पुरुष ढकाल लगायतले अभिनय गर्नुभएको छ । अर्जुन पोखरेलको संगित रहेको चलचित्रमा फिरोज बस्नेत र अन्जु पन्तले स्वर दिनुभएको छ । डेढ करोड लगानी गरिएको चलचित्रको सिन्धुली,जोमसोम र काठमाण्डौमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]