Sorry, your browser does not support JavaScript! उर्लाबारी नगरपालिका मेयरको काम बिबादमा - Merodesh.news

उर्लाबारी नगरपालिका मेयरको काम बिबादमा

खोला च्यानलाईज गर्ने बहानामा अनियमत कार्य गरेको निष्कर्ष

विराटनगर , मोरंगको उर्लाबारी नगरपालिका मेयरको कार्य शैली चरम बिबादमा परेको छ । मोरङको उर्लावारी नगरपालिका–१ मा पर्ने मिक्लु र ४ मा पर्ने सोल्टी खोलामा ‘च्यानल’ खन्ने नाममा दोहन गराएको छानबिन समितिले प्रतिबेदन सार्वजनिक गरेपछि मेयर खडग फागोको कार्यशैली चरम बिबादमा परेको हो ।

उर्लाबारी

स्थानियबासी गंगा बास्तोलको संयोजकत्वमा एक महिना अघि गठन भएको पाँच सदस्यि समितिले मेयर फागो, ढुंगागिटी व्यवसायी र खोला ठेक्का लिने कम्पनीको मिलेमतोमा अनियमित ढगले प्राकृतिक स्रोतको दोहन गरेको निष्कर्ष निकालेको छ । डिटेल फिल् सर्बे नगरि खोलामा च्यानलाईज गर्ने निर्णय गरेर ४५ लाख बिनियोजन गराउन, लिखित प्रकृया बिनै मौखिक सम्झौताबाट काम गराउनु, च्यानलाईज गरेर निस्किएको ढुगागिटी नगरबाहिर बिक्रि गरिनु, च्यानलाईज गर्ने बहानामा मनपरि उत्खनन गरिनु, मापदण्ड पालना नगर्नु, जिससले ठेक्का नलगाएको खोलाबाट पनि अनियमित रुपले जिससको रसिद प्रयोग गरि कर असुल्नु र अबैध काम भएको जान्दा जान्दै पनि जनप्रतिनिधिहरुले समेत मिलेमतोमा टुलुटुलु हेरेर बस्नु आदि कारणहरुले गर्दा मेयर फागोले अनियमित काम गरेको प्रस्ट भएको प्रतिबेदनको निष्कर्ष छ ।

तोर्णबहादुर श्रेष्ठ, निर्मला गौतम, टीका भट्टराई, अजित घिसिङ सदस्य रहेको उक्त्त छानबिन समितिले च्यानलाईजको बहानमा ढुंगागिटी बिक्रि गर्ने मेयर फागो, गिटीबालुवा बिक्रि गर्ने भीम पौडेल र अबैध कर असुली गर्ने भूमी कन्ट्रक्सन प्राली कटहरीलाई दोष अनुसार कानुनी कार्बाही गर्न माग गरेको छ । यसैगरि अबैध काम भएको देखेर पनि टुलुटुलु हेरेर बस्ने वडा अध्यक्षहरुलाई पनि दोषी भएकोले उनिहरुलाई पनि कार्बाही गरिनुपर्ने माग प्रतिबेदनको छ । छानबिन समिति संयोजक गंगा बास्तोलाले भने, — ‘गहन छानबिन गर्दा मेयर फागोले मिलेमतोमा अनियमित काम गरेको प्रस्ट भएको पाइएको छ यसैले सरकारले उनलाई कानुन अनुसार कार्बाही गर्नुपर्छ ।,

खोला च्यानलाईजको यस्तो छ कथा

उर्लावारी नगरपालिकाको २८ चैतमा बसेको कार्यपालिका बैठकले उर्लाबारी नपाको १ र ४ नम्बर वडामा पर्ने सोल्टि र मिक्लु खोलाको सतह बस्ती भन्दा माथि भएकोले च्यानलाईज गर्ने निर्णय गरयो । त्यसकालागि ४५ लाख रुपिँया बजेट पनि बिनियोजन भयो । दुवै खोलामा च्यानल खनेर आसपासका मानव बस्तीलाई बाढीबाट जोगाउनकालागि उक्त्त निर्णय भएको थियो । तर खोला च्यानलाईज गर्नकालागि बिस्तुत फिल्ड सर्बे गरिन । न कार्यपालिका बैठकमा खोला च्यानल गर्नेबारे बिधि र प्रकृयाबारे छलफल नै भयो । च्यानलाईज गर्नकालागि ठेक्का लिनेदिनेबारे सार्वजनिक सूचना पनि जारी गरिएन । ठेक्का दिँदा लिखित र घटाघट प्रकृया केही पनि लिखित रुपमा गरिएन ।

मेयर खडग फागोले क्रसर व्यवसायी भीम पौडेलसँग मिलेमतो गरेर खोला च्यानलाईज गर्ने भन्दै ढुंगागिटी निकाल्न बिना लिखित सम्झौता अनुमति दिए । त्यसपछि पौडेलले राम्रो राम्रो ठाउँ रोजेर ढुगागिटी निकालेर बिक्रि गरे । जबकी खोला च्यानलाईज गरेको ढुगागिटी त्यही स्टक गरेर बाँध बनाउनुपर्ने थियो । तर उत्खनन भएको ढुगागिटी २३ सय ७३ टिपर उर्लाबारी बाहिर लगेर बिक्रि गरियो । स्थानिय उपभोक्त्ताहरुलाई ११ सय ९० टिपर मात्र बितरण गरियो । उत्खनन गरिएका ढुंगागिटी प्रति टिपर १६ सय ७५ देखी ५७ सय सम्म मुल्य लिएर बिक्रि गरियो ।

उता बतावरण प्रभाव मुल्यांकन नै नभएको र जिससले ठेक्का नै नलगाएको मिक्लु र सोल्टि खोलाबाट मिलेमतोमा ठेकेदार कम्पनी भूमी कन्टक्सनले प्रति टिपर ६ सय ७० रुपैपाका दरले अबैध कर असुल्यो । उपभोक्त्ताले ठेक्का नलागेको खोलामा कर तिर्न आवश्यक छैन भन्दा पनि तिर्नेपर्छ भनि बाध्य पारियो । उता खोला व्यवस्थित च्यानलाईज गर्ने भनिएपनि मनपरि उत्खनन गरेकोले झन बिरुप र असुरक्षित बन्न गयो नगर उप–प्रुमख लक्ष्मीदेवी भण्डारीसहित वडा अध्यक्ष र सदस्यहरुले मेयर फागोलाई अनियमित कार्य नगर्न सुझाए । तर मेयर फागोले आफनो कार्यकारीअ अधिकार भन्दै अबैध रुपमा खोला उत्खनन गराइरहे । उक्त्त अबैध कार्यको सम्बन्धित वडा अध्यक्ष र सदस्यहरुले पनि बिरोध गरेनन ।

खोला च्यानलाईज गर्ने बहानामा कार्यपालिकाको निर्णय विपरित प्रमुख फागोले एकलौटी रुपमा खोला उल्खनन् गराइरहेको भन्दै उप–प्रमुख भण्डारीले छानविनका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय मोरङलाई समेत आग्रह गरिन । त्यसपछि एक नम्बर प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हिक्मतबहादुर कार्की र मोरंगका सिडओ रामप्रसाद आर्चाय, सम्बन्धित क्षेत्रका साँसदहरुले खोलाको अनुगमन गरयो । अनुगमन गर्दा अनियमित कार्य भएको पाइएपछि इलाका प्रशासन कार्यालय उर्लावारीका तत्कालिन प्रमुख रामभक्त कुरुवाङ्गको संयोजकत्वमा छानबिनि बन्यो तर उक्त्त समितिले प्रतिबेदन बुझाएन ।

त्यसपछि उक्त्त अबैध कार्य सार्वजनिक गर्न स्थानियतहबाटै उर्लाबारी नपा ३ नम्बर वडाबासी गंगा बास्तोलाको नेतृत्वमा पाँच सदस्यि जनस्तरिय समिति गठन भयो । उक्त्त समितिले एक महिना बिस्तृत अध्यन गरेर प्रतिबेदन ३० जेठमा सार्वजनिक गदै निष्कर्ष दियो, — ‘मेयर फागो, भूमी कन्ट्रक्सन प्राली र व्यवसायी भीम पौडेलको मिलेमतोमा अवैध काम भएकोले बिगो अनुसारको कार्बाही गरियोस ।’

मेयर फागो र उनका सर्मथकहरु भन्छन – “पार्टीको आडमा चरित्र हत्या गर्ने काम गरिएको छ”

उर्लाबारी नगरपालिका प्रमुख खडग फागो आफुले कुनै अनियमित काम नगरेको बरु च्यानलाईजका नाममा बिनियोजन भएको ४५ लाख रुपैया खर्च हुनवाट बचाएको दाबी गर्छन । पार्टीगत पुर्वाग्रहले आफुलाई नियोजित रुपमा बदनाम गराउने प्रयास भएको उनको भनाई छ । नेपाली काँग्रेसबाट बिजयी भएका फागोलाई उपप्रमुख लक्ष्मी भण्डारी सहित नेकपा सर्मथकहरुले आपेक्ष लगाएर चरित्र हत्या गर्न खोजेको फागो सर्मथकहरु बताउँछन । उनिहरुका अनुसार पार्टीगत पुवाग्रह लिएर एकलौटी छानबिन समिति निर्माण गरेर मनगढन्ते प्रतिबेदन ल्याएर मेयर फागोलाई बदनाम गराउने काम भएको छ । उर्लाबारी ४ का गणेश कटुवालले कानुनी मान्यता नपाएको छानबिन समितिको प्रतिबेदनको निष्कर्ष मान्य नहुने र त्यो चरित्र हत्या गर्ने कार्य मात्र हुने बताए । उनले छानबिन समितिमा सर्वपक्षिय र सर्वदलिय सहभागीता नभएकोले समिति पुवाग्राही भएको बताए ।

प्रतिबेदन सार्बजनिक गर्न नदिन दवाव

खोला च्यानलाईजका नाममा प्राकृतिक स्रोतको दोहन भएकोबारे जनस्तरबाट भएको छानबिन प्रतिबेदन सार्बजनिक नगर्न फागो सर्मथकहरुले चर्को दवाव दिए । ३० जेठमा उर्लाबारीमा प्रतिबेदन सार्बजनिक कार्यक्रममा फागो सर्मथकहरुले चर्को हुटिंग गर्दै प्रतिबेदन मुर्दाबादको नारा लगाउँदै होहल्ला पनि गरे । तर आयोजकले कडा प्रहरी सुरक्षामा प्रतिबेदन सार्बजनिक गरे । प्रतिबेदन सार्बजनिक कार्यक्रममा मेयर फागो र नेपाली काँग्रेसका नेताहरु औपचारिक रुपले कोही पनि सहभागी भएनन ।

साँसद र अन्य राजनैतिक दलको भनाई

एक नम्बर प्रदेश सभाका साँसद कुशल लिम्बुले अबैध कार्यको जनस्तरबाट छानबिन हुनु सह्रानिय कार्य भएकोले प्रत्येक टोलटोलमा छानबिन समित निर्माण गर्न आवश्यक भएको बताए । उनले भने, —‘गलत गर्नेहरुलाई सरकारले कानुन अनुसार दण्ड दिनुपर्छ म पनि सक्दो सहयोग गर्छु ।’ ,

नयाँ शक्त्ति नेपालका नेता मनोहर दहालले छानबिन समिति सर्बपक्षिय र सर्बदलिय नभएकोले शंका जायज भएको बताए । उनले गलत कामलाई समयमै खवरदारी गर्न नसक्नुले नगरपालिका परिषदका सबै पदाधिकारी दोषीको भागीदार हुनुपर्नेमा जोड दिए । भने, — ‘गलत काम थियो भने पहिले नै किन रोकिएन ४५ लाख बजेट किन छुटयाइयो ? राप्रपा नेपालका नेता राजेन्द्र कार्कीले सबैलाई ढुगागिटी माफियाले फसाएर बदनाम गराउन सफल भएको बताए । उनले च्यानलाइजको अर्थ प्रस्ट नपारी काम गर्नु गराउनु गलत हो भने ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]