Sorry, your browser does not support JavaScript! फार्मेसीको ठगी : औषधिको मुल्य ६४ हजार, बिल १ लाख २९ हजार - Merodesh.news

फार्मेसीको ठगी : औषधिको मुल्य ६४ हजार, बिल १ लाख २९ हजार

विराटनगर, विराटनगर अस्पताल अगाडी खुलेको फार्मेसीले उपचार गर्न आएका एक युवालाई ६४ हजारको औषधि दिएर एक लाख २९ हजारको बिल बनाएको पाइएको छ ।

ठगी

अस्पताल अगाडी खुलेको महाकाल मेडिकल हलले श्याम मगरको उपचारकालागि गत सोमवार यता ६४ हजार बरावरको औषधि दिएर एक लाख २९ हजार ६ सय रुपैयाको बिल बनाएको पाइएको हो । फार्मेसी बढी औषधि दिएको बिल बनाएर ठगी गरेको थाहा पाएपछि मगरका भाई पूर्णबहादुरले प्रहरीलाई खबर गरेका थिए । उजुरी परेपछि प्रहरीले फार्मेसीका सञ्चालक आषिश भगतलाई पक्राउ गरेको छ । फार्मेसीका सञ्चालकले गत सोमवारदेखि आइसियूमा उपचार गराएका मगरकालागि १ लाख २९ हजार ६ सयको औषधि दिएको हिसाव आफन्तलाई बुझाएका थिए । फर्मेसीले अस्पतालबाट डाक्टरले दिएको पूर्जा (औषधिको नाम लेखिएको चिठ)  मा भन्दा बढि औषधि दिएको हिसाब देखाएको थियो । फार्मेसीले २ पिस औषधीलाई १२ पिस, ९ पिस औषधिलाई १९ पिस बनाएर लेखेर ठगि गर्न खोजेको थियो ।

औषधिको मूल्य पनि सामान्य भन्दा बढी पाइएपछि प्रहरीमा उजुरी गरेको भाई पूर्णले जानकारी दिए । अस्पतालले औषधि ल्याउन दिएको पूर्जीको ओसीमा इन्जेक्सन नोराल्ड २ एमएल ९ पिस लेखिएको छ । तर फार्मेसीले ९ को अगाडी १ थपेर १९ बनाएको छ । १९ वटाको मूल्य ५ हजार ७ सय ९५ लेखेको छ । त्यस्तै डाक्टरले २ वटा औषधि ल्याउन दिएको पूर्जीमा पनि २७ सय र ३७ सयको नया औषधिको नाम थपेर लेखिएको छ । त्यस्तै इन्जेक्सन भी।टी के, भि।टी।सी २÷२ वटा ल्याउन अस्पतालले दिएको पूर्जीमा छ तर फार्मेसीले दुईवटा इन्जेक्सनको अगाडी १–१ थपेर १२– १२ बनाएको छ । आइसियूमा राखेका मगरलाई काठमाडौं लैजान रेफर गरेपछि उनको परिवारले बिहिवार घर लैजाने तयारी गरेको थियो । घर लैजानुअघि औषधिको हिसाव गर्दा एक लाख २९ हजारको बिल देखाएपछि आफन्त हच्कीएका थिए ।

आफन्तले औषधिकालागि अस्पतालले दिएको लिष्टको ओसी मागेर दाजेर हेर्दा ठगि गरेको भेटिएको हो । बिहिवार पून हिसाव गर्दा ८० हजार ६ सय ५२ को पुगेको थियो । त्यसमा १३ प्रतिशत फार्मेसीले छुट दिएपछि मगरले तिर्नुपर्ने दाहित्व ६४ हजार ५ सय ८१ मा झरेको थियो । मगर परिवारले फार्मेसीमा सुरुमा नै ६० हजार रुपैया जम्मा गरेको थियो । सुरुमा बिल घटाउन नमानेका सञ्चालक गुप्ताले विरामीका आफन्तले प्रहरीलाई खबर गरेपछि पून हिसाव गर्दै ६४ हजार रुपैया तिर्नुपर्ने हिसाव देखाएका थिए ।

फार्मेसीको ब्रम्हलुट

अस्पताल आसपास खोलिएका औषधि पसलहरुले उपचारकालागि आउने विरामीहरुलाई ठग्ने प्रवृति छ । प्रशासनले निगरानी नगर्दा उपचारकालागि आउने सेवाग्राही ठगिने गरेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउछन् । ‘औषधिमा २०० प्रतिशत सम्म मुनाफा हुन्छ’ उनले भने ‘ अस्पताल आसपास खुलेका औषधि पसलले मान्छे हेरेर बिल बढाउदै ठगि गर्ने गरेका छन् ।’ तर उपभोक्ताले आफू ठगिएको थाहा नपाउदा प्रहरी सम्म पुग्दैनन् । उनका अनुसार करिव दुई महिना अघि न्यूरो अस्पताल विराटनगर अगाडी खुलेको फेसबुक फार्मेसीले ठगि गरेको प्रशासनमा उजुरी परेको थियो । तर प्रशासनले अझै छानविन गरेको छैन् ।

पसलेले ठगि गरेपनि उपचार गर्न आउने सेवाग्राहीले थाहा पाउदैनन् । अनुगमन गर्ने निकायले पनि चासो नदिदा सेवाग्राही ठगिनेगरेको उनको गुनासो छ । तर जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रहरी उपरीक्षक मनोज केसी ठगि गर्ने कसैलाई छुट नहुने बताउछन् । प्रहरीले अनुसन्धान गर्ने र ठगि गरेको भेटिए कानुन बमोजिम कारवाही गरिने उनी बताउछन् ।

 

ठगी

ठगी

अस्पतालले औषधि ल्याउन दिएको बिलको ओसी (कार्वन) मा र फार्मेसीले बढी लेखेको औषधिको नाम रातो घेरामा 

 

ठगी

सञ्चालक गुप्तालाई लैजादै प्रहरी

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]