Sorry, your browser does not support JavaScript! जोगवनी गोलि काण्ड : लागुऔषध बिरोधी सामाजिक कार्यकर्तामाथि गोली प्रहार - Merodesh.news

जोगवनी गोलि काण्ड : लागुऔषध बिरोधी सामाजिक कार्यकर्तामाथि गोली प्रहार

लागुऔषध कारोबार विरुद्ध आन्दोलन चलाउदै आएका भारतीय सामाजिक कार्यकर्तामाथि गोली प्रहार

विराटनगर, विराटनगरको सिमावर्ती बजार जोगबनीमा एक सामाजिक कार्यकर्तामाथि गोली प्रहार भएको छ ।

आपराधिक समुहले जोगबनी नगरपञ्चायत वडा नम्बर ९ का ३८ बर्षिय सामाजिक कार्यकर्ता पप्पु पटेलमाथि गोली प्रहार गरेको हो । आज बिहान ११ बजे ३ जनाको समुहमा आएका अज्ञात समुहले रेल्वे स्टेशन नजिकै पटेलमाथि गोली प्रहार गरेका थिए । लागू औषध विरुद्ध जोगबनी क्षेत्रमा आन्दोलन चलाउदै आएका पटेलमाथि चार गोली प्रहार गरिएकोमा तीन गोली उनको शरिर छेडेर निस्किएको छ भने एक गोली जिउमै रहेको हिन्दुस्तान टाईम्सका स्थानिय पत्रकार वरुण मिश्राले जानकारी दिनुभयो ।

घाईते पटेललाई उपचारकालागि विराटनगर ल्याइएकोमा विराटनगरमा उपचार हुननसकेपछि उनलाई धरान रेफर गरिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको गम्भीर अवस्थामा उपचार भईरहेको जनाईएको छ । सिमाक्षेत्रमा हुने लागुऔषधको कारोबार रोक्न उनले स्थानिय नगरपञ्चायत र जोगबनी बजारमा पटकपटक धर्ना प्रदर्शन गर्दै आएका थिए । जसका कारण उनको लागू औषधका कारोबारीसंग दुस्मनी भएको र सोहि कारणले उनलाई गोली प्रहार गरिएको आशंका गरिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]