Sorry, your browser does not support JavaScript! उपमेयरको अधिकार मिच्दै, कार्यकारीको घर भत्काउने निर्देशन - Merodesh.news

उपमेयरको अधिकार मिच्दै, कार्यकारीको घर भत्काउने निर्देशन

विराटनगर, स्थानीय तहमा भएको कुनै पनि विषयको विवाद टुंगो लगाउने अधिकार उपमेयरको संयोजत्वमा गठन भएको न्यायीक समितिलाई हुने गर्दछ । त्यसमा चित्त नबुझे संवन्धित जिल्लाको अदालतमा समेत पुरानावेदन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

तर उक्त प्रवाधन विपरित विराटनगर महानगरपालिकाको प्रशाशकिय अधृकित कुमारप्रसाद दहालले ठाडो निर्देशन दिंदै विराटनगर ११ निवासी लिलादेवी शाहले भोगचलन गर्दै आएको घर भत्काउन लगाएका छन् । विना आदेश साहले आफनो घर भत्काउन खोजको भन्दै जेठ ६ गते महानगरको कानुन शाखामा उजुर समेत गरेको थिइन । कानुन शाखाले न्यायीक समिति मार्फत विवाद टुंगो लगाउन निवेदक र विपक्षीलाई उक्त निवेदनको प्रतिउत्तर समेत दिएको थियो ।

तर उक्त विवादको विषयलाई उपमेयरसमक्ष जानकारी नै नगराई महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाहलले जेठ २२ गते जिल्ला प्रहरीलाइ पत्र काटि घर भत्काउन ठाडो निर्देशन गरे । कानुनी उपचारवाट आफुलाई वाईपास गरी आफनो घर भत्काउने खोजीएको भन्दै लालीदेवीकी पति अवोध नारायण शाहले महानगर समक्ष असन्तुष्टी समेत व्यक्त गरे । पति आवोधनारायणले उक्त घर जग्गाको विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा दर्ता भईसकेकाले घर भत्काउने कार्यलाई सिघ्र रोक्नु पर्ने सरोकारवाला निकायसमक्ष अनुरोध समेत गरेका छन ।

विराटगर ११ केसलीया रोडस्थित लिलादेवी साहको घर,  जग्गा स्वामित्व विवादका कारण केहि वर्ष देखि विवादित हुदै आएको थियो । उक्त घर निर्माण भएको जग्गामा दुखी पासवानले आफनो स्वामित्व रहेको भन्दै आदलतमा मुद्दा समेत गरेको थिए । जिल्ला अदातल मोरङले २०७० साल र तत्कालीन पुनारावेदवन अदालत विराटनगरले २०७१ सालमा पासवानको पक्ष्ँमा फैसाल गर्दै जग्गाको स्वामित्व पासवानलाई दिन निर्देशन गरेको थियो । तर उक्त फैसालामा घरको विषयमा केही नभनिएकाले घरको क्षतिपूर्ती दिनु पर्ने वा अर्को फैसाल पखिर्नु पर्ने शाह पक्ष्ँको दावि छ ।

जग्गा खरिद गर्दाको समय विवादको विषयमा आफुलाई केही थाहा नहुदै भरतचन्द पौडेलसंग आफुले उक्त जग्गा किनेको शाहको जिकिर छ । अवोध विहारी साह भन्छन् ‘मैले २०६७ सालमा भरतचन्द पौडेलसंग जग्गा किनेको थिए त्यसवेला मलाई जग्गा विवादका वारे केहि थाहा थिएन, पछि आएर आक्सासी मुद्दा परेपछि फसिएछ भन्ने थाहा भयो । पौडेले पनि दुखी पासवानको परिवारस“ग सहमतीमै २०४२ सालमा जग्गा कनेको तर पछि आएर दुखी पासवानले अंशको विवाद निकाल्दै अदालतमा उजुर गरेको पौडेलको भनाई छ ।

हाल पौडेल र शाहद्धयले सार्वोच्च अदातलमा उक्त विषयमा मुद्दा दर्ता गराएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]