Sorry, your browser does not support JavaScript! अवैध उत्खननमा प्रयोग गरिएका ९ सवारीसाधन प्रहरी नियन्त्रणमा - Merodesh.news

अवैध उत्खननमा प्रयोग गरिएका ९ सवारीसाधन प्रहरी नियन्त्रणमा

केराबारी, मोरङ, खोलाजन्य पदार्थ अवैध उत्खनन र ओसार पसार गरेको अभियोगमा मोरङको केराबारीबाट प्रहरीले ९ थान सवारीसाधन नियन्त्रणमा लिएको छ ।

केरावारी गांउपालिका वडानम्बर ८ स्थित खदम खोलाबाट मापदण्ड विपरीत खोलाजन्य पदार्थ (मिक्स ग्टिटि)उत्खनन र ओसार पसार गरेको अभियोग प्रहरीले सो संख्याको सवारीसाधन नियन्त्रमा लिएको मोरङ प्र्रहरीका प्रवक्ता निशान थापाले जानकारी दिनुभयो । सो क्रममा प्रहरीले २ वटा जेसीभी र लोडर सहित ५ वटा हाईवा र २ वटा ट्रिपर गरि जम्मा ९ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको हो । प्रहरीले को १ क १६२४ नम्बरको जेसीबी,ना ७ ख २६२७ नम्बरको र को १ ख ४६९८ नम्बरको हाईवा,ना ७ ख ६०० नम्बरको सवारीसाधन एक थान तथा को १ ख ५५५१ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको जनाईएको छ ।

यस्तै को १ क १७६७ नम्बरको जेसीबी,ना ७ ख ६०५६ नम्बरको र को १ ख ५६२९ नम्बरको हाईवा तथा को १ ख ५२८१ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कारवाहीको निम्ति केरावारी गाँउपालिकाको कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]