Sorry, your browser does not support JavaScript! सडकमा भौतारिने मनोरोगीका संरक्षक - Merodesh.news

सडकमा भौतारिने मनोरोगीका संरक्षक

नेपालमा मानसीक रोगीहरु ‘दिनदुना रात चौगुना’ हिसावले बढीरहेका छन । अझ कडा खाले मानसीक रोगीहरु सडकमा भौतारिन, घर परिवार र समाजबाट अपहेलित हुन बाध्य छन । राज्यले उनिहरुको उपचार र संरक्षणमा चासो दिएको छैन ।

मानसीक

मानिशहरुले उनिहरुलाई माया स्नेह प्रदान गरेर सहयोग गर्नुको साटो बौलाहा, पागल भनेर हेला गर्ने, कुटपिट गर्ने गरेका छन । फाट्टफुट्ट रुपमा केही समाजिक सँस्थाहरुले भर्खर उनिहरुका बारे आवाज उठाउन र उद्धार गनुपर्छ भन्न मात्रै थाल्दैछन । यस्तो हृदय बिदारक अवस्थामा एक जना एक्ला त्यस्ता व्यक्ति पनि हामी बिच छन् जसले अनेकांै जोखिम मोलेर सडकमा भौतिरिरहेका मानसीक रोगीहरुलाई उद्धार गरि उपचार केन्द्रसम्म ल्याएर आफनै पहलमा उपचार गरेर समाजमा पुर्नस्थापना गराइरहेका छन् । जो पहिले आफै मानसीक रोगी थिए । उपचार पछि आफुहरु जस्तैको उद्धार र अधिकारकालागि निरन्तर लागिपरिरहेका छन् । हो ती व्यक्त्ति मातृका देवकोटाको अतित र अभियानका कुरा प्रस्तुत छन ……….

आफै ‘युनिपोलर‘ को बिरामी

४७ बर्ष अघि गोरखाको आँपपिपल गाबिस ३ मा जन्मेका थिए मातृका देबकोटा । परिवारमा ३ भाईमा कान्छो । गाउँकै स्कुलमा पढेका । गम्भिर स्वभावका थिए । पढाई मध्यम थियो । १५ बर्षको हुँदा उनलाई चाहिने भन्दा बढी पढन मन लाग्थ्यो । धेरै पढथे । एकदमै रिर्जभ बस्थे । अरुसँग कम बोल्थे । एसएलसी दिँदा उनलाई लेख्न एकदमै गा्रहो भयो । तैपनी सेकेण्ड डिभिजनमा पास गरे । त्यसपछि चाँही उनको पढने शक्ति नै हरायो । धेरै तनावमा परे । तर परिवारले उनि मनोरोगी हुन ,मानसीक रोग लागेको भनेर बुझेन । बरु दाजुहरुले वन विज्ञान अध्यन सँस्थान पोखरामा फेरेस्टरी पढन भर्ना गरिदए ।

तर पढाई भन्ने बित्तिकै उनलाई थकाई लाग्थ्यो । आँखा राता हुन्थे । सबैले धेरै पढेर आँखा रातो भएको भन्थे । उनलाई मात्र थाहा थियो उनले केही पढेकै छैन र बहाना मात्र गरेको हो भन्ने । त्यो बेला पढन बस्यो की उनको टाउकोमा ‘शक’ गथ्र्यो । ढाड दुख्थ्यो । ऐनामा अनुहार हेर्दा उनलाई आफै एकदमै डर लाग्थ्यो । उनि अझै पनि मोबाइलमा सेल्फि खिच्दैनन् । र हत्तपत्त ऐना हेदैनन् । रोग बढेपछि उनले जाँच राम्रो दिन सकेनन् । शिक्षकहरुको सहानुभुतिले गर्दा तै जसैतसै आइएस्सी चाँही पास गरे ।

आइएससी गरेपछि रेन्जरको जागिर पक्का भयो । ६ महिना उनले जागिर खाए । तर काम गर्न सकेनन । किनभने उनि बिरामी जो थिए । त्यसपछि उनी सरक्क घर फर्केर ८ वर्ष बिताए । पढेलेखेको ‘रेन्जर, साहेब भएपनि घरमा उनि रिर्जब बस्थे । करेसाबारीमा आफनै पाराले काम गर्थे , घाँस काटथे र दिनरात बिताउँथे । तर गाउँमा सबैले धेरै पढेर पनि केह केहि गर्न सकेनन । आमाबुवालाई सुख दिनुको साटो झन दुख दियो भनेर कुरा काटने गर्थे । लाछी भनेर होच्याउँथे । उनलाई दुख लाथ्यो । तर चाहेर पनि केही गर्न सक्दैन थे उनि । उनलाई थाहा थियो उनि रोगी हुन भनेर तर गाउँलेहरुले पढेर घमण्डी भएको , बिहे नगरेर बिग्रेको, संक्रिर्ण स्वभाव भएको मान्छे आदि अनेक अनेक भनेर कुरा काटने गर्थे ।

मानसीक रोग हो भनेर कसैले पत्तै पाएनन

घरमा आएर बसेको ८ बर्ष बितिसकेको थियो । तर उनलाई बिरामी भनेर कसैले भनेन पनि र उपचार गराउन कसैले लगेनन पनि । त्यो बेला मानसीक रोगलाई बिराम नै ठानिदैन्थ्यो । बरु मानसीक रोग लागेको भनेर कसैल भन्यो भने बहुला हो भने होच्याउने गरिदिन्थ्यो । ८ बर्षपछि कसैले उनलाई तिमिलाई मानसीक बिमार लागेको हुन सक्छ, उपचार गराउन भनेर सल्लाह दियो । त्यो बेला गोरखामा भर्खर मिसन अस्पताल खुलेको थियो । उनी त्यहाँ गए । तर उनको रोग निको भएन । उनले आफुलाई मानसीक रोग लागेको भन्ने चाँही बुझे । यसैले उनले काठमाण्डौ गएर उपचार गराउने निधो गरे ।

काठमाण्डौ आएर आफैले आफनो उपचार

२०५५ तिर उनि काठमाण्डौ आए । किराना पसलहरुमा काम गर्न थाले । साइकलमा डुलाएर समानहरु बिक्रि गर्न थाले । हिसाव मिलाउन नसक्दा धेरै गाली पनि खान्थे । तर सबै सहेर उनले आफनो उपचार पनि जारी राखे । बीर र पाटन अस्पताल गए तर त्यहाँको औषधीले छोएन । अन्य निजी डाक्टरकोमा पनि गए तर कुन रोग हो भनेर खटिन सकेन । त्यही क्रममै उनि मानसीक रोग बिशेषज्ञ बिश्वबन्धु थापाकोमा पुगे अनि मात्र उनलाई दवाईले म्याच गरयो अनि उनलाई लागेको रोग मुड लो हुने युनिपोलर हो भन्ने पनि थाहा भयो । उनको काम र उपचार सँगसँगै चलिरहेको थियो । त्यही क्रममा उनले एक बिदेशको घरमा काम गर्ने जागिर पाए । तलब ठीकै थियो ।

त्यहाँ उनले मासिक १५ सय वचत गर्न भ्याए । , एक बर्षपछि उनले बचत गरेको पैसा नाइट बस चढेर घर पुगेर आमाबुबाको हातमा राखिदिए । त्यो बेला उनलाई धेरै शान्ति प्राप्त भयो । त्यसपछि उनले घरमा बेला बेला पैसा पठाउन थाले । त्यसपछि उनलाई समाजमा हेर्ने दृश्टिकोण पनि सकारात्मक बन्दै गयो । आमाबुवा पनि खुसी भए । उनको उपचार जारी नै थियो । सुधार पनि हुँदै थियो । र उनले टुरिष्ट गाइडको काम पनि गरे । पछि दांङको मिसन अस्पतालमा जागिर खान पुगे । ६ बर्ष जागिर खाएर कमाएको पैसाले घरको ऋण सबै तिरे । बुवाआमाको उपचार पनि गराए ।

१९ बर्षपछि व्याचलरको पढाई

२०६२ तिर उनको बुवाको मृत्यू भयो । त्यसपछि उनले जागिर पनि छाडे । आमालाई काठमाण्डौ ल्याएर उपचार गराउन थाले । रोगमा सुधार भएकोले १९ बर्षपछि बिए पढन थाले । रोग निको भएपछि उनलाई हिम्मत जुटन थाल्यो । २०६५ मा उनले स्नातक सके । त्यत्तिबेला सम्म उनले मानसीक रोग र स्वास्थ्यबारे धेरै बुझी सकेका थिए । जागिर खाएर घरजम गर्न भन्दा आफु जस्तै रोगी र मानसीक स्वास्थ्यबारे केही गर्नुपर्छ भन्ने उनमा हुटहुटी भयो । किनभने मानसीक रोग र रोगीबारे धेरै नकारात्मक धारण समाजमा थियो र राज्य पनि पुरै उदासिन थियो । उपचार गराउन अस्पताल पनि सुलभ थिएनन । सडकमा भौतारिने रोगीहरुको सख्या बढिरहेको थियो । उनिहरुले माया र स्नेह पाउन सकेका थिएन बरु उल्टै मानिशहरुबाट यातना पाइरहेका थिए ।

त्यसपछि उनले आफु निकट सहयोगी जम्मा गरेर ‘कोशिश’ नामको समाजिक सँस्था दर्ता गराए । र, सडकमा भौतिारिरहेका कडा खाले मनोरोगीहरुलाई उद्धार गरेर उपचार गराउन सुरु गरे । अहिलेसम्म उनले कोशिश मार्फत चार सय दश (४१०) जना कडा खाले मनोरोगीहरुलाई देशका बिभिन्न स्थानमा सडकमा अलपत्र भौतिरिरहेका मनोरोगीको उद्धार गरेर उपचार गराई समाजमा पुर्नस्थापना गराइसकेका छन । र, यो अभियान उनको निरन्तर जारी छ । जबसम्म उनि र कोशिस रहन्छन तवसम्म उनको यो कार्य टुटने छैन यो उनी र उनको साँस्थाको अठोट छ । ललितपुरको खुमलटारमा कोशिको हेरचाह केन्द्र छ । र सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा शाखाहरु पनि छन ।

मानसिक रोगीकालागि निरन्तर कोशिश

‘कोशिश’ मानसीक रोग , रोगी र स्वास्थ्यबारे अधिकारको बकातलकालागि निरन्तर कोशिश गरिहन्छ । सडकमा भौतारिरहेका कडा खाले मानसीक रोगीहरुको निशुल्क उद्धार गर्ने र उपचार पछि समाजमा पुर्नस्थापना गराउने काम पनि गर्छ । मानसीक रोगी र मानसीक स्वासथ्यवारे सरकारी संयन्त्रलाई जिम्मेबार बनाउन कोशि सक्रृय छ । मानसीक उपचारको सेवा बिस्तार र जनचेता अभिबृद्धी गर्न कोशिशले सके र भ्याएसम्मको कोशिशस गरिररहेको छ । देशव्यापी छलफल र अन्र्तक्रिया चलाउने गरेको छ । रेडियो कार्यक्रमहरु संचालन गराइरहेको छ ।

जहाँबाट र जसरी भने पनि सन्देश एउटै छ, मानिसक रोगी र उनको परिवारलाई हेलाहोचो हैन माया स्नले र सहयोग गरौ । मानसीक रोग पापले हैन शरिरको रसायनिक प्रकृयाको गडबडीकै कारण अरु रोग जस्तै रोग हो र यो उपचार पछि निको हुन्छ । मानसीक रोग लाग्यो भनेर डराउनु पर्ने , लुक्नुपर्ने हिनभावना लिनुपर्ने कारण नै छैन किनभने यो अरु जस्तै समान्य रोग हो उपचार पछि निको हुन्छ । मानसीक रोग दैबी श्राप, बोक्सीको प्रकोपले लाग्दैन । यो रोगको उपचार नेपालमै संभव छ । उपचार महंगो हुँदैन । बिहे गरिदिदैमा यो रोग निको हुदैन उपचार नै गुर्नुपर्छ र धामीझाँक्रीले हैन मानोचिकित्सकले मात्र यो रोगको उपचार गर्न सक्छन । उपचारपछि पुन जीवन समान्य बनाउन सकिन्छ ,आदि आदि ।

हाल कोशिश झै भाडाकै घरमा छ । यसैले अव चाँही कोशिशले आफनो उपचार केन्द्र बनाउने कोशिश पनि गरिहेको छ । नीतिहरु अध्यन गरेर समय सापेक्ष बनाउने काम पनि गरिरहेको छ । सँगै अभियानकालागि तालिम दिने र जनचेतना जाउने काम पनि गरिरहेको छ ।

चुनौती चिर्ने निरन्तर कोशिस

ऋाफै रोगी भएपनि पछि आफनै बलमा उपचार गराएर आफुहरु जस्तैकालागि निरन्तर लागिपरिरहेका मनोरोगीहरुका संरक्षक मातृकाले अनौठो र अनुकरणीय र उदाहरणीय काम गरेको भनेर राष्टिय र अन्तराष्टिय स्तरबाट धेरै सम्मान प्राप्त भैरहेका छन । उनलाई बेल्यिममा सन २०१३ मा मेन्टल हेल्थ अभियानकर्मी बनेको भन्दै अन्तराष्टिय सम्मान पनि प्रदान गरियो । उनले राष्टिय मानव अधिकार आयोगबाट पनि एवार्ड प्राप्त गरे । यसबाहेक अन्य धेरै निजी र सार्वजनिक सँसथाहरुबाट पनि उनि सम्मानित भैसकेका छन ।

तर यतिहुँदाहुँदै पनि उनलाई कसैकसैले बढी जान्ने भएको र डलर खानकालागि देखावटी काम गरेको भनेर आरोप लगाउँछन । आम नागरिकहरुले स्यावास र क्या बात भनिरहँदा पढेलेखको साइक्याट्रिकहरु नै उनलाई हतोत्साहित बनाउन प्रयत्न गर्ने गरेको उनको अनुभव छ । सायद आरिस लागेर पनि होला भन्ने उनलाई लागेको छ । तर मानसीक स्वास्थ्यको अधिकार मनोचिकित्सकहरुको मात्र हैन यो त आम पिडित बिरामी, परिवार र समाज सबैको बिषय हो । यो साझा समस्या हो । शिक्षक, पत्रकार, अभिायनकर्मी, सरकार सबैले यसमा चासो दिनुपर्छ ।

हेरचाह केन्द्रको बिस्तारमा जोड

मनोरोगी र मानसीक स्वास्थ्यको अधिकारकालागि अभियानकर्मी बनेका मातृकाले भन्दै आएका छन — सडकमा भौतिरने सबै मनोरोगीहरु समाजमा पुर्न स्थापित हुन पनि सक्दैनन । किनभने उनिहरुलाई परिवारले पुरै हेट (घृणा) गरिसकेका हुन्छन । भौतारिएर चारचौसार पुग्ने र आफनो ठेगाना बताउन पनि असर्मथ भएकोले तत्काल उनिहरुका आफन्त पनि फेला पदैनन । फेला परेपनि धेरैको ठेगाना परिवर्तन भइसकेको हुन्छ । पत्तो लागेमा पनि उनिहरुले जिम्मा लिन चाहदैनन ।निको भएको हो भनेर बिश्वासै गदैनन । घरमा राखेर हैरानी खेप्नु भन्दा बरु मरे पनि निको भन्ने ठान्दछन । यसैले समाजमा पुर्नस्थापना नएका कडा खाले मानसीक रोगीहरुकालागि सरकारले अलग्गै हेरचाह केन्द्र स्थापना गरेर संचालन गर्न आवश्यक छ ।

यसमा केन्द्रदेखी स्थानिय तहसम्मका सरकार सचेत हुन अवाश्यक छ । कम्तीमा हरेक प्रदेशमा एउटा हेरचाह केन्द्र स्थापना गरिनुपर्छ । किनभने सडकमा भौतारिएका मनोरोगीहरुको उपचार निश्चित समयसम्म अस्पतालमा हुन्छ । उपचार पछि अस्पतालले डिस्र्चाज गर्नैपर्छ । अस्पताल उपचार गराउन मात्र हेन्द्र हो संरक्षण गर्ने केन्द्र हैन ।डिस्र्चाज भएपछि निको भएकाहरुलाई समाजमा पुर्नस्थापना गराउनकालागि लामो सयम लाग्न सक्छ यसैले संरक्षण केन्द्रमा राखेर उनिहरुको अभिभावक खोजी गर्न सहयोग पुग्छ । जसका आफन्त फेला पदैनन उनिहरुलाई पनि त राज्यमा बाँच्न पाउने हक छ । आखिर उनिहरु पनि त देशका नागरिक हुन । यसैले हेरचाह केन्द्र भए उनिहरुको जीवन यापन सहज हुन सक्छ ।

अधिकारकालागि निरन्तर कोशिश

कडा खाले मानसीक रोगीहरु आफै आफनो अधिकारबारे आवाज उठाउन सक्दैनन । यसैले सबैले मिलेर उनिहरुको अधिकारकालागि संरक्षणको आवाजलाई बुलन्द बनाउन आवश्यक छ । जबसम्म बुलन्द रुपमा आवाज उठदैन तवसम्म नेपालमा मानसीक रोगीको उद्धार र हेरचाहबारे सरकार गम्भिर हुदैन । अनि मानसीक स्वास्थ्य उपचारबारे पनि राज्य सचेत बन्दैन । अन्य बिरामीका बारे नेपालमै धेरै अध्यन अनुसन्धान, जनशक्ति र भौतिक पुर्वाधारमा लगानी भएपनि मानसीक स्वास्थ्यको क्षेत्रमा लागानी न्युन छ । यसैले सरकारले यो क्षेत्रमा बजेट बढाउन आवश्यक छ ।

नत्र देशको ठूलो जनशक्त्ति मनोरोगी बनेर बेकार मात्र जाँदैन सिँगो समाजलाई नै रोगी बनाउन सक्ने जोखिम बढिरहेको छ । यसैले त हो अन्ध बिश्वास, असहयोगको भावना, सकारात्मक सोचको कमी, राज्यको उदासिनता आदि अनेक समस्या र चुनौती भएपनि कोशिशले आफनो अभियान जारी राख्ने निरन्तर कोशिश गरिरहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]

लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध
लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध

काठमाडौँ।  चैत्र २३ गते शनिबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगतले[...]

एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस
एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस

विराटनगर, १० माघ । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । कार्यक्रममा प्रस्तुती दिँदै स-साना नानीहरु  दुईदिनसम्म चल्ने[...]