Sorry, your browser does not support JavaScript! सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : निलम्बित एसपी र डिएसपी गरे उच्च अदालतमा निबेदन - Merodesh.news

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : निलम्बित एसपी र डिएसपी गरे उच्च अदालतमा निबेदन

थाई एयरलाइन्सका कर्मचारीहरु पनि आदेश बिरुद्ध उच्चमा निवेदन गराउने तैयारीमा

बिराटनगर, सुन तस्करी र सनम शाक्य हत्या अपराधमा जिल्ला अदालत मोरंगले पुर्पक्षकालागि कारागार पठाएका दुई अभियुक्त्तहरुले उच्च अदालतमा निबेदन दर्ता गरेका छन ।

जिल्ला अदालत मोरंगले गरेको आदेश बेरित भएको भन्दै रितपुर्वकको आदेश माग गर्दै अभियुक्त्तहरु नेपाल प्रहरीका निलम्बित एसपी दिवेश लोहनी र डिएसपी सञ्जयबहादुर राउतले उच्च अदालत बिराटनगरमा निबेदन दर्ता गराएका हुन । हाल जिल्ला अदालत मोरंगको आदेशबाट पुर्पक्षकालागि सुनसरीको झुम्का कारागारमा बन्दि रहेका लोहनी र राउतले मुलुकी ऐन अदालती बन्दोबस्तीको नियम १७ बमोजिम जिल्ला अदालतको आदेश वेरितको भएकोले खारेजको माग गर्दै निबेदन दर्ता गराएको उच्च अदालत बिराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

अदालती बन्दोबस्तीको नियम १७ अनुसार उच्च अदालतले जिल्ला अदालतको आदेश बेरितको ठहर गरेमा पुर्पक्षमा रहेका अभियुक्त्तहरुलाई धरौटी वा सादा तारेखमा छाडन र रितको ठहर गरेमा थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिनेछ ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मोरंग प्रहरीले ६३ जना बिरुद्ध जिल्ला अदालत मोरंगमा अभियोग पत्र दर्ता गराएको थियो । जसमा नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्री,  एसपी दिबेश लोहनी , बिकासराज खनाल, डिएसपी प्रजित केसी, सञ्जयबहादुर राउत, सई बालकृष्ण सञ्जेल र पुर्व डिआईजी गोबिन्द निरौला पुर्पक्षकालागि जेलमा छन ।

सुन तस्करी मुद्दामा पुर्पक्षकालागि कारागारमा पठाइएकाहरु थाई एयरका केही कर्मचारीहरुले पनि जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालतमा निबेदन दर्ता गराउने तैयारी गरिरहेको कानुन व्यवसायी पुरुशोत्तम नेपालले बताए । सुन तस्करी र सनम शाक्य हत्या आरोपमा जिल्ला अदालत मोरंगले हाल सम्म आठ प्रहरी सहित ३१ जनालाई पुर्पक्षकालागि कारागार पठाइसकेको छ । अभियोग लागेका मध्ये अझै ३२ जना फरार छन ।
दोस्रो चरणको अनुसन्धान अन्र्तगत सोही अपराध आरोपमा पाँच जनालाई पक्राउ गरेर मोरंग प्रहरीले जिल्ला अदालत मोरंगबाट पुरक अभियोग दर्ता गराएर अनुसन्धान गरिरहेको छ ।

गोरे , भुजुङ र छिरिंगलाई काठमाण्डौ लगियो

जिल्ला अदालतको आदेशबाट मोरंग कारागारमा बन्दि रहेका चुडामणी उप्रेती गोरे सहित तीन जनलाई काठमाण्डौ लगिएको छ । लामो समयदेखी सुन तस्करी गरेर अकुत सम्पत्ती आर्जन गरेको भन्दै सम्पत्ती शुद्धिकरण बिभागमा पनि मुद्दा चलाउन चुडामणी उप्रेती उर्फ गोरे भुजुंङ गुरुङ र उनका साला छिरिंङ गुरुङलाई सोमवार बिराटनगरबाट काठमाण्डौ लगिएको हो ।  गोरे र छिरिंङ मोरंग कारागारमा अनि भुजुंङ सुनसरी स्थित झुम्का कारागारमा बन्दि थिए । उनिहरुलाई सोमवार बिहान अलग अलग जहाजबाट काठमाण्डौ लगिएको थियो ।

मोरंग अदालतले सुन तस्करीमा संलग्नरहेकाहरु मध्ये सरकारी कर्मचारीलाई अख्तियारमा र अन्यलाई सम्पत्ती शुद्धिकरण अभियोगमा पनि मुद्दा चलाउने सरकारको तैयारी छ । यसकालागि जिल्ला अदालत मोरंगले आदेश दिइसकेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]