विराटनगर, नेपाः बहुउद्देश्य सहकारी संस्था विराटनगरले कोशी बहिरा संघलाई टिभी सहयोग गरेको छ ।
वार्षिक कार्यक्रम अनुसार विराटनगर(५ कोचाखालमा रहेको बिराट बहिरा माध्यमिक विद्यालयलाई २४ इन्च को १ थान रंगिन टेलिभिजन हस्तान्तरण गरेको हो । सो क्रममा विद्यार्थीहरुलाई मिठाई वितरण पनि गरिएको थियो । संस्था २० औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका अध्यक्ष सुदर्शनबहादुर श्रेष्ठले व्यक्तिगतरुपमा सभा कक्षको लागि ६ थान सिलिङ्ग पंखा उपलव्ध गराउने प्रतिवद्धता जनाएका थिए ।