Sorry, your browser does not support JavaScript! हामीलाई माग्ने भन्ने मन्त्री नै माग्ने हुन् : दृष्टिविहिनहरु - Merodesh.news

हामीलाई माग्ने भन्ने मन्त्री नै माग्ने हुन् : दृष्टिविहिनहरु

काठमाडौं,  नेपाल दृष्टिविहिन अपाङ्ग जागरण संघर्ष समितिले आफूहरुलाई माग्ने भन्ने मन्त्री नै आँफै माग्ने भएको आरोप लगाएका छन् ।

कला र गला बेचेर गुजारा चलाउने आफूहरुलाई माग्ने भन्दै पशुपतिनाथ र बौद्धबाट मन्त्रीले हटाएकोमा आक्रोश पोख्दै उनीहरुले यस्तो आरोप लगाए । । पशुपति परिसरमा कला र गला प्रस्तुत गर्दै आएको तर पशुपति विकाष कोष र महानगरीय प्रहरी मिलेर आफ्ना बाध्य बाद्यनका सामाग्री खोसिएकोमा उनीहरुको आक्रोश थियो ।

समितीका अध्यक्ष सुदिप वलीले अशक्त, अपाङ्ग, दृष्टिविहीनलाई राज्यले उचित न्याय दिनुपर्ने बताए । वलीले भने,‘राज्यले हामीलाई न्याय दिनुप¥यो । पढेकालाई जागिर र नपढेकालाई भत्ताको व्यवस्था हुनुप¥यो । हामी माग्ने होइनौँ । हामीले आफ्नो कला र गला बेचेर गुजारा गरेका छौँ, यदि हामी माग्ने भए देशका सबै गायक माग्ने हुन, सबै नेता माग्ने हुन् । हामीले अपराध गरेका छैनौँ, सजाय दिने भए ती भ्रष्टाचारी र दलालीहरुलाई दिनुहोस हामीलाई होइन ।’
उनले भने,‘हामीले बाँच्ने आधार बनाउन आफ्नो कला बेच्न पनि पाएनौँ । हाम्रा सामान लुटे, हामीलाई जबरजस्ती हातपात गरि लखेटियो,यो अत्यन्तै खेदजनक छ ।’

राज्यले आफूहरुको योग्यता र क्षमताको कदर नगरेको समितिको आरोप छ । आफ्ना मागहरु प्रधानमन्त्रीसमक्ष पु¥याउन रिपोटर्स क्लबका सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमलालाई उनीहरुले अनुरोध गरेका छन् ।

तपाईको माग पूरा गराउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुरा गर्छु : ऋषि धमला

पत्रकार धमलाले क्लबको तर्फबाट दृष्टिविहीनको माग पूरा गर्न पूर्ण रुपमा सहयोग र सर्मथन हुने आश्वासन दिए । उनले भने,‘तपाईहरुको माग जायज छ, तपाईहरुको कला र गलाले उचित न्याय पाउनुपर्छ । तपाईहरुको योग्यतालाई राज्यले सम्मान गर्नुपर्छ र यसको लागि म प्रधानमन्त्रीदेखि गृहमन्त्रीसामु कुरा राखिदिन्छु ।’

त्यसैगरि संघर्ष समितीका उपाध्यक्ष्य दिपराज परियारले राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना गरेको भन्दै आफूले भोगेको पीडा सुनाए । त्यसैगरि संघर्ष समितिका सदस्य नेत्रप्रसाद कोइरालाले पनि राज्यले अपाङ्ता भएको व्यक्तिलाई हेर्ने अंग नभएको जानकारी गराए । उनले भने‘ राज्यले कहिल्यैपनि हाम्रो माग सूनिदिएन ।’ त्यस्तै उनले आफूहरुले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी मागेको बताए । उनले भने,‘तर राज्यले हाम्रा मागहरुलाई वास्ता गरेन । हामी राज्यको कुन अंग हो । हामी राज्यको नागरिक हो कि होइन ? सडक चोक, मन्दिरमा गाएर पेट पाल्दा पनि लखेटियौँ ।’

सरकारले अपाङ्गता भएको व्यक्तिलाई उचित व्यवस्था नगरेको भन्दै समितीका सदस्य नम्रता ठकुरीले राज्यको यसबारेमा विशेष ध्यानाकर्षण हुनुपर्ने बताईन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्
५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्

काठमाडौं, ११ चैत्र । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन[...]

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु, ३४० घाईते
चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु, ३४० घाईते

चितवन।  जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन्[...]