Sorry, your browser does not support JavaScript! एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयीले ५० हजार पाउने - Merodesh.news

एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयीले ५० हजार पाउने

काठमाडौं, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको क्षमता प्रदर्शन प्रतियोगिता हुने भएको छ ।

द लिभिङ डिभाइन फाउण्डेसनको ५ औ स्थापना दिवसका अवसरमा समुदायका व्यक्तिको प्रतिभा देखाउने प्रतियोगिता आयोजना गर्न लागेको हो । १६ वर्ष देखि ३० वर्ष सम्मका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कुनै पनि सदस्यले आवश्यक विवरण सहित फर्म भर्न पाउने छन् । फर्म निःशुल्क भर्न सकिने फाउण्डेसनका संस्थापक अध्यक्ष आचार्य डाक्टर ऋसर्भ रेशुले जानकारी दिए । नेपालमा नील हिरा समाज बाहेक एलजिबिटिआईलाई नै समावेश गरेर प्रतिभा देखाउने कार्यक्रम गर्न लागेको द लिभिङ डिभाइन फाउण्डेसन दोस्रो संस्था हो ।

नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मे १७ का दिन तेस्रोलिंगी महिलाको क्षमता अभिवृद्धिका लागि मिस पिंक आयोजना गरेको थियो । समाजले हरेक बर्ष मे १७ का दिन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । फाउण्डेसनले भने पहिलो पटक आफ्नो स्थापना दिवसका अवसरमा समलिंगी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगी र अन्य समुदायलाई सहभागी गराएर मिष्टर एण्ड मिसेस रेन्वो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी हुनेले असार १५ गतेसम्म फर्म भर्न पाउनेछन् ।

छनौट भएका प्रतियोगीहरुलाई फोन र ईमेल द्वारा जानकारी गराईने फाउण्डेसनले जनाएको छ । बिजयी प्रतियोगीलाई नगद ५० हजार रुपैयाँ र आकर्षक उपहार प्रदान गरिने संस्थाले जनाएको छ । साथै अन्तरास्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने सुर्वण अवसर समेत प्रदान गरिने संस्थापक अध्यक्ष रेशुले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहनेले यो लिंकमा क्लिक गरेर फर्म भर्न सक्नुहुनेछ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

दीपक बोहरा लमही। थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए[...]

नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच
नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच

विराटनगर। मोरङको सिसबनी जहादाका रामेश्वर मण्डल, पञ्चलाल मण्डल, हरिमण्डल, केशव मण्डलेको उमेर ५५ देखी ६० बर्षको छ । बैसछँदा गाउँघर मात्र हैन परदेशमा समेत उनीहरु ‘विदापत’ नाच देखाउन पुग्थे ।[...]

हतियार बनाउने दुइजना प्रहरीको फन्दामा
हतियार बनाउने दुइजना प्रहरीको फन्दामा

घोराही। जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको[...]