Sorry, your browser does not support JavaScript! बालविकास केन्द्रका सहयोगी कार्यकर्तालाई समाजिक विकास मन्त्री घिमिरेको आश्वासन - Merodesh.news

बालविकास केन्द्रका सहयोगी कार्यकर्तालाई समाजिक विकास मन्त्री घिमिरेको आश्वासन

विराटनगर,  प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालविकास केन्द्रका सहयोगी कार्याकर्ताहरुको समस्या समाधानगर्ने आश्वासन दिनुभएको छ ।

बालविकास

नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास प्रदेश नम्बर एक समितिको अगुवाईमा ज्ञापन बुझाउन सामाजिक विकास मन्त्रालय पुगेका सहयोगी कार्यकताहरुको टोलीलाई सम्बोधनगर्दै मन्त्री घिमिरेले समस्या समाधानको पहलगर्ने आश्वासन दिनुभएको हो । उहांले विद्यालय तहको शिक्षा स्थानियतहको जिम्मेबारीभित्र पर्ने बताउनुहुंदै स्थानिय तहसंग छलफल गरेर सहयोगि कार्यकर्ताहरुको मुद्धालाई सम्बोधनगर्ने प्रयास गरिने बताउनुभयो । मन्त्री घिमिरेले राज्यले तिनतहको नया संरचनाको अभ्यास गरिरहेको र हालसम्म ऐनहरु बनिनसकेकाले केहि अप्ठयाराहरु देखिएको तर ती अप्ठयाराहरु छिट्टै समाधान हुने बताउनुभयो ।

उहांले केन्द्र र प्रदेशले समेत शिक्षा सम्बन्धि नयां ऐन नियम ल्याउन लागेको जानकारी दिनुहुंदै अब बन्ने नया ऐननियम निर्देशिकाबाट सहयोगि कार्यकर्ताहरुले उठाउदै आएका मुद्धाहरुलाई समाधानको प्रयास गरिने आश्वासन दिनुभयो ।
यसअघि नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास प्रदेश नम्बर एक समितिका तर्फबाट मेनुका कार्कीले मन्त्री घिमिरेलाई ज्ञापन बुझाउनुभयो । ज्ञापन बुक्राउने क्रममा सहयोगी कार्यकर्ताहरुले आफुहरु राज्यबाटै श्रम शोषणमा परेको मन्त्री सामु गुनासो गरेका थिए ।

बालविकास

बुझाइएको ज्ञापनमा बिद्यालयद्वारा संचालन गरिएको बालविकास केन्द्रलाई विद्यालयको संरचनामा ल्याई त्यहां कामगर्ने सकाहरुलाई नयां संघीय शिक्षा ऐन तथा शिक्षा नियमावलीमा ब्यवस्था गरिनुपर्ने माग गरिएको छ । यस्तै सबै सहयोगि कार्यकर्ताहरुलाई अन्य शिक्षक सरह दरबन्दी माग गरिएको छ । हाल देशभरिमा कार्यरत रहेको ३९ हजार ९६ जना सहयोगि कार्यकर्ताले मासिक ६ हजार पारिश्रमिक पाउदै आएका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]