Sorry, your browser does not support JavaScript! सरकारको कार्यशैली र बजेटमा सन्तुष्ट हुने आधार छैन :रायमाझी - Merodesh.news

सरकारको कार्यशैली र बजेटमा सन्तुष्ट हुने आधार छैन :रायमाझी

काठमाडौं,   सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले परम्परागतभन्दा अर्को नयाँ आयाम थप्ने बजेट ल्याउन नसकेको आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमझीले भने,‘बजेटमार्फत समग्र राष्ट्र निर्माणको मार्ग्चित्र आउनुपर्दथ्यो, तर यो बजेटले त्यस्तो महशुस गराउन सकेन, बजेटले जनतालाई उत्साहित बनाउन सकेको छैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै रायमाझीले सरकारले समृद्धिको कुरा गरेपनि अहिलेसम्म यसको कार्यशैली हेर्दा आफू त्यति सन्तुष्ट नभएको सुनाए । उनले भने,‘म सरकारको काम गर्ने शैलीबाट सन्तुष्ट छैन, तर म आशावादी छु।’ उनले पटक–पटक सरकारले हालै ल्याएको यो बजेटको समर्थन गर्ने आधार नै नभएको जिकिर गरे । मुलुक यतिवेला संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेकोले विकार र समृद्धिको लागि अहिले सरकारसँग पर्याप्त बहुमत र उपयुक्त वातावरण रहेको उनको भनाई थियो ।

उनले भने,‘अहिलेको सरकारसँग दुई तिहाईभन्दा बढि बहुमत छ, काम गर्न सक्ने वातावरण छ, सरकारलाई कुनै बाधा तथा अड्चन छैन्।’ फरक प्रसँगमा उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भएको वार्ता सुखद भएको प्रतिक्रिया दिए । उनले भने,‘यी दुई नेताहरुको वार्ताले नेपालको समृद्धिमा पनि सहजता प्रदान गर्छ।’ यद्धपी नेता रायमाझीले अहिलेको विश्व अलिक बढि निरंकुशतातर्फ ढल्किरहेको पनि बताए ।

नेता रायमाझीले ट्रम्प र किमबीचको वार्ताको मुख्य सुरक्षामा गोरखा फौज खटिनु गौरवको विषय भएको बताए । उनले भने,‘यो नेपालीहरुलाई विश्वास गरिएको कुरा हो, हामी सबैको लागि खुशीको कुरो हो।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]