Sorry, your browser does not support JavaScript! ४५ बर्षीय सुस्त मनस्थिती महिला, १३ बर्षीय बालिका, ११बर्षीय बालक र ६० बर्षीय बृद्धको हत्या अझै रहस्यमै - Merodesh.news

४५ बर्षीय सुस्त मनस्थिती महिला, १३ बर्षीय बालिका, ११बर्षीय बालक र ६० बर्षीय बृद्धको हत्या अझै रहस्यमै

बिराटनगर, मोरंगमा घटेको ४५ बर्षीय सुस्त मनस्थिती महिला , १३ बर्षीय बालिका ११ बर्षीय बालक र ६० बर्षे बृद्धको हत्या अझै रहस्यमै रहेको छ ।

प्रहरीले मोरंगको मिक्लाजुंङ गाउँपालिकामा ४५ बर्षीय एक सुस्तमनस्थिती महिला, सुनबर्षी नगरपालिकामा १३ बर्षीय बालिका,  कटहरी गाउँपालिकामा ११ बर्षीय बालक र रंगेली नगरपालिकामा ६० बर्षीय बृद्धको हत्याका आरोपीहरु प्रहरीले पक्राउ गर्न नसक्दा घटना अझै रहस्यम बनिरहेको हो ।

२० फागुन २०७४ मा मिक्लाजुङ ७ की सुस्तमनस्थिती भएकी ४५ बर्षीय महिला शान्ति तामाङको ढुँगाले किचेर बिभित्स हत्या भएको थियो । घर नजिकै माइती भएकी सुस्त मनस्थिती भएकी शान्तिलाई मादक पर्दाथ खुवाएर एकान्तमा बलात्कार प्रयास गर्न खोज्दा प्रतिकार भएपछि ढुंगाले किच्याएर हत्या गरको अनुमान प्रहरीको छ । इप्रका उर्लाबारीका ईन्स्पेक्टर चन्द्रबहादुर थापाका अनुसार बाँसझयाङ भएको सुनसान स्थानमा झारहरु माडिएको अबस्था रहेकोले पैनीको कुलो नजिकै कसैले लछारपछार पारेर बलात्कार गरेको वा प्रयास गर्ने क्रममा घम्साघम्सी भएको र सोही क्रममा हत्या भएको प्रारम्भीक आशंका छ । इलाका प्रहरी उर्लाबारीका अनुसार शंकास्पद दुई जना व्यक्त्तिलाई नुवाकोटबाट पक्राउ गरेपनि उनिहरु बन्दी प्रत्यक्षीकरणबाट छुटेका छन । मोरंग प्रहरी र एक नम्बर प्रदेश प्रहरीको बिशेष अनुसन्धान व्युरोले आरोपी पक्राउ गर्न नसकेपछि हाल केन्द्रिय अनुसन्धान व्युरोले घटना अनुसन्धान गरिरहेको मोरंग प्रहरीले जनाएको छ ।

यसैगरि ८ बैसाख २०७५ मा मोरंगको सुनबर्षी नपा ७ मा ताइफुन मियाँकी १३ बर्षीय छोरी अफसना खातुनको पनि रहस्यम हत्या भएको थियो । उनको शव घर नजिकै पाँच सय मिटर उत्तरको मकैबारीमा बिभत्स अबस्थामा फेला परेको थियो । प्रहरीले उक्त्त घटनाको नत रहस्य पत्ता लगाएको नत आरोपीहरु नै पक्राउ गर्न सकेको छ । घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी रंगेलीका ईन्स्पेक्टर संन्दिपबाबु खडकाले घटनाका आरोपी भारत फरार भएकोले पक्राउ गर्न नसकेको बताए ।

यसैगरि १२ असार २०७४ मा मोरंगको रंगेली ९ निवासी ६० बर्षीय बृद्ध पहाडचन्द राजबंशीको हत्याका आरोपीहरु पनि अझै पक्राउ पर्न सकेका छैनन । बोक्सो आरोपमा छिमेकीहरुबाट गाउँ निकालाको अपमान सहेर पुन फर्केका बृद्ध पहडचन्दको रहस्य हत्या भएको थियो ।बृद्ध पहाडचन्दको शव रंगेली नगरपालिका ९ स्थित वनकोल भन्ने ठाउँमा घरदेखी एक किलोमिटरको दुरीमा झाडीमा फेला परेको थियो । उनको शरिरमा धारिलो हतियार प्रहार गरेको चोट पाइएकोले कस्ले र किन हत्या गरयो भन्ने यकिन भैसकेपनि प्रह आरोपीहरु भागेर भारत गएकोले पक्राउ गर्न समस्या भैरहेको ईप्रका रंगेलीका ईन्स्पेक्टर संन्दिपबाबु खडकाले बताइरहेका छन ।

बोक्सो आरोपमा गाउँबाट निकालिएका थिए पहाडचन्द

घटना अनुसार २०६९ भदौमा बनकौलका वृद्ध भुईचन्द राजवँशीको मृत्यु भएको थियो । त्यसपछि गाउँलेहरुले सोही गाउँमा वस्दै आएका दम्पत्ती मृतक पहाडचन्द र उनकी श्रीमती अंन्सोदेवी राजवंशीलाइ वोक्साबोक्सीको अरोप लगाउँदै २५ हजार जरीवाना गराउदै गाउँमा कोई विरामी परे जनही २५ हजार जरीवाना तिर्नुपर्ने तमसुक गराएका थिए । त्यत्तिले पनि नपुगेर मलमुत्र खुवाउने तैयारी गरेपछि वृद्ध दम्पत्ति भागेर केही समय आफन्तको शरणमा बस्न बाध्य भएका थिए । प्रहरीले आरोपीलाई पक्राउ गरेर अदालतमा मुद्दा चलाएपछि बिस्थापित पहडचन्द गाउँ फर्किएका थिए । तर १२ बैसाख २०७२ मा बृद्ध पहडचन्दको रहस्यमय हत्या भएको थियो ।

११ बर्षिय बालको किन भएको थियो हत्या ?

१५ भदौ २०७२ मा मोरंगेको कटहरीमा स्थानिय प्रमोद सहनीका ११ बर्षीय छोरा फुदन सहनीको बिभत्स हत्या भएको थियो । अज्ञात व्यक्त्ति वा समुहले फुदनको हत्या गरि ब्रम्हाकुमारी राजयोग केन्द्रको भवनमा फालिएको थियो । घटना स्थल र मुखमा रगत भएको र शरिर सुन्निएकोले उनको हत्या भएको मोरंग प्रहरीले दाबी गरेको थियो । तर घटना भएको तीन बर्ष बितिसक्दा पनि प्रहरीले अझै नत हत्याको कारण पत्ता लगाएको छ नत कसैलाई पक्राउ गर्न नै सकेको छ ।घटना भएको समयमा बाबु प्रमोद बैदेशिक रोजगारीमा थिए ।

कानेपोखरीमा भएको महिला हत्या पनि ६ बर्षदेखी रहस्यमै

२ चैत २०६९ मा कानेपोखरी बयरबन सडकखण्डको जंगलमा ढुंगाले अनुहार पुरै किच्याएर हत्या गरिएकी एक जनजाति महिलाको हत्याको रहस्य प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । अन्दाजी ३०/३२ बर्ष उमेर भएकी जनजाती समुदायकी महिलालाई कोही व्यक्त्तिले ललाई फलाईमा पारेर उक्त्त जंगलामा लगि ढुंगाले अनुहाार किच्याएर बिभत्स प्रकारले हत्या गरेर फरार भएको थियो । तर उक्त्त हत्या कस्ले र किन गरयो भन्ने बारे प्रहरीले अझै पत्तो पाउन सकेको छैन ।

प्रदेश सभामा आवाज

मिक्लाजुग , सुनबर्षी र रंगेलीमा भएका जधन्य अपराधका घटनाका आरोपीहरुलाई पक्राउ गर्न एक नम्बर प्रदेश सभामा पनि पटक पटक साँसदहरुले आवाज उठाइसकेका छन । तर मोरंग प्रहरीले अझै घटनाको रहस्य पत्ता लगाएर आरोपी पक्राउ गर्न सकेको छैन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]