Sorry, your browser does not support JavaScript! विराटनगरको मेरील्याण्ड कलेज बन्यो नेपाल कै उत्कृष्ठ - Merodesh.news

विराटनगरको मेरील्याण्ड कलेज बन्यो नेपाल कै उत्कृष्ठ

विराटनगर ।  विराटनगरको मेरील्याण्ड कलेज नेपाल कै उत्कृष्ठ कलेज बनेको छ ।

कक्षा १२ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याएको मेरील्याण्ड नेपालकै दोस्रो उत्कृष्ठ कलेज भएको सोमवार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । विगत १२ बर्षयता ११ पटक उत्कृृष्ठ भएको कलेजले यो पटकको कक्षा १२ को परीक्षामा नेपालकै दोस्रो स्थानमा पर्न सफल भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

प्रदेश नम्बर १ बाट प्रथम भएको कलेज र नेपालभरिका चार हजार ८ सय विद्यालयहरु मध्ये कलेज दोस्रो भएको ढकालले बताए । कलेजले बिबिएसमा गोल्ड मेडल र गत बर्ष सिएमा नेपालको दोस्रो भएको थियो । मेरील्याण्ड कलेजले बिबिएमको अध्ययनका लागी बाहिर जान नपर्ने गरी बेलायतको सरकारी विश्वविद्यालयको डिग्री पनि विराटनगरमा सञ्चालन गर्दै आएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]