Sorry, your browser does not support JavaScript! कांग्रेसद्वारा सांसदहरूसँग सुझाव संकलन - Merodesh.news

कांग्रेसद्वारा सांसदहरूसँग सुझाव संकलन

विराटनगर । नेपाली कांग्रेस मोरङले आसन्न जिल्ला सभापतिहरूको भेलामा प्रस्तुत गर्ने एजेण्डाहरूका विषयमा सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतबार जिल्ला पार्टी कार्यालयमा भएको भेलामा संघीय संसद र प्रदेश सांसदको सहभागिता थियो । कांग्रेसले आगामी असार ५,६,७ गते प्रदेश ३ को राजधानी हेटौंडामा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना गर्दैछ ।

सांसदहरूबाट महत्वपूर्ण सुझाव आएको जिल्ला सचिव मोदराज घिमिरेले बताए । छलफलमा आएका सुझावलाई सभापतिहरूको राष्ट्रिय भेलामा एजेण्डाका रुपमा प्रस्तुत गरिने मोरङ सभापति डिगबहादुर लिम्बूले जानकारी गराए । “राष्ट्रिय भेलामा मोरङका तर्फबाट प्रस्तुत गरिने विषयहरूमा र समसामयिक राजनीतिक सन्दर्भमा छलफल भयो,” सचिव घिमिरेले भने, “पार्टी सुदृढीकरणका लागि माननीयज्यूहरूबाट अत्यन्तै महत्वपूर्ण सुझाव आएका छन् ।”

यसअघि शनिबार पनि मोरङका स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षसँग सुझाव संकलन गरेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]