Sorry, your browser does not support JavaScript! खेलकुद सामाग्री प्रदान - Merodesh.news

खेलकुद सामाग्री प्रदान

विराटनगर ।  हाइलाइफ सुज एण्ड स्लिपरले मोरङ फुटबल क्लब, विराटनगरको १८ वर्षमूनिको टोलीलाई एक लाख साठी हजार रुपैया बराबरको खेल सामाग्री प्रदान गरेको छ । आइतवार हाइलाइफले खेलाडीलाई जर्सी, जुत्ता, बल लगायतका सेट सामाग्री उपलब्ध गराएको हो ।

हाइलाईफले उपलब्ध गराएको सेटमा ४० थान जर्सी, २२ जोर जुत्ता, ५ वटा बल लगायत रहेको छ । क्लबले मंगलबारदेखि काठमाडौंमा हुने १८ वर्षमूनिको ललित स्मृति युथ फुटबल प्रतियोगिता २०१८ मा सहभागिता जनाउदैछ ।

प्रतियोगिता अन्र्तगत समूह बी मा रहेको मोरङको टोलीले पहिलो खेल असार १० गते विभागिय टोली नेपाल पुलिस क्लबसंग खेल्ने छ । त्यसैगरि दोश्रो खेलमा १२ गते काठमाडौंको व्रिगेड ब्वाई र १४ गते जाउलाखेल फुटबब क्लबको सामना गर्नेछ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रतियोगितामा सहभागि टोलीलाई शुभकामना दिए । उनले खेलकुदको विकास विद्यालयस्तरबाट गरिनु पर्नेमा जोड दिए। साथै खेलकुदका लागि महानगरपालिका सहयोग गर्नका लागि तयार रहेको बताए । त्यसैगरि कार्यक्रममा क्लबका अध्यक्ष रविन दाहालले मेयर पराजुलीलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमपछि, टोलीका प्रशिक्षक पारस चौधरीले टोली सन्तुलित र स्तरीय रहेको बताए। उनले भने, “हामी उपाधि हात पार्ने लक्ष्यसाथ जादैछौं विगतको नतिजा भन्दा फरक नतिजा आउने पक्का छ।” यसअघिको दुइ संस्करणमा टोली सेमीफाइनलबाट बाहिरिएको थियो। यसपटक टोलीको कप्तानीको जिम्मेवारी उर्लाबारीका सूर्य क्षेत्रीले वहन गर्नेछन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]