Sorry, your browser does not support JavaScript! विकास र समृद्धि एक मात्र एजेण्डा : प्रचण्ड - Merodesh.news

विकास र समृद्धि एक मात्र एजेण्डा : प्रचण्ड

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रदेश नं २ मा नेपाल कम्यूनिष्ट पार्टीले तत्काल सरकार निर्माण गर्ने कुनै सम्भावना नरहेको वताउनुभएको छ ।

 प्रचण्ड

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंगकुरा गर्दै उहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्यूनिष्ट पार्टी प्रदेश नं २ को सरकारको नेतृत्व वा सरकारमा सहभागि नहुने प्रष्ट पार्नुभयो । उहांले सरकार बनाउने र गिराउने कारणले विकास र समृद्धि प्रभावित हुने भएकाले अहिले नै सरकार गिराउने र बनाउने खेलमा आफुहरुको ध्यान नभएको बताउनुभयो । आफुहरुले समेत प्रदेश २ मा स्थायित्व,विकास र समृद्धि होस भन्ने चाहेको बताउदै उहांले फोरम र राजपाबीच अपठ्यारो वातावरण सृजना भएको अवस्थामा बामपन्थीको सरकार बन्ने स्थिति भएपनि अहिलेनै आफुहरुको ध्यान त्यतापट्टि नभएको प्रष्ट पार्नुभयो ।

उहाँले संघीय समाजबादी फोरम नेपालसंग पार्टी एकताको बिषयमा चर्चासम्म भएको जानकारी दिनुहुंदै तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत बताउनुभयो । पुर्व प्रधानमन्त्री समेत रहिसक्नुभएका दाहालले सत्यनिरुपण आयोगले सुस्त गतिमा काम गरेकोले र अझै धेरै काम गर्न वाकी रहेको बताउनुहुंदै उहांले आयोगको म्याद थप्ने विषयमा छलफल हुनसक्ने बताउनुभयो । अन्तर्राष्ट्रीय वजारमा कच्चा पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएकोले समायोजनका लागि वाध्य भएर सरकारले मूल्य वृद्धि गर्नु परेको उहांको भनाई थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु