Sorry, your browser does not support JavaScript! विकासमा निजी क्षेत्रसँग सहकार्य – प्रचण्ड - Merodesh.news

विकासमा निजी क्षेत्रसँग सहकार्य – प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिकालागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

अबको दशक विकासको दशक हुने बताउदै प्रचण्डले आर्थिक बिकासमा निजी क्षेत्रलाई सहकार्य गरेर अघि बढ्ने बताएका हुन् । लामो समयको राजनीतिक अस्थीरता पछि देशले स्थायी सरकार पाएको बताउदै अध्यक्ष प्रचण्डले अबको एक दशक समृद्ध नेपाल निर्माणको दशक हुने बताए ।

आइतवार उद्योग संगठन मोरङको ‘स्वर्ण जयन्ती समापन समारोह एवं इतिहास विमोचन तथा ४६ औ बार्षिक साधारण सभा’ लाई सम्बोधन गर्दै प्रचण्डले विकासको दशकमा निजी क्षेत्रसँग सहकार्य विना समृद्धी सम्भव नभएको बताए । नेपाल अस्थीर हुनु दुई छिमेकी देशलाई पनि टाउको दुखाइको बिषय हुने बताउदै अध्यक्ष प्रचण्डले भने ‘छिमेकीपनि नेपालको स्थायीत्व र विकास चाहान्छन् ।’

सात दशको नेपालको इतिहासमा दिगो सरकार नबनेको बताउदै उनले अबको सरकारले दिगो रुपमा काम गर्ने बताए । ‘मेरो जीवनको १० बर्ष बिचार बनाउन र अध्ययन गर्नमा बित्यो ।’ प्रचण्डले भने ‘ एक दशक परिवर्तन संसथागत गर्दा नै बित्यो अबको दशक समृद्ध नेपाल बनाउन केन्द्रित हुने संकल्प गरेको छु ।’

विकासमा निम्ती सत्ता पक्ष र प्रतिपक्ष दुवै सहमत भएको बताउदै उनले विकास र समृद्धिमा सहकार्य गरेर अघि बढ्न आग्रह गरे । विराटनगर औद्योगिक र राजनीतिक चेतनामा अगाडी रहेको भन्दै प्रशंसा गरेका प्रचण्डले उद्योगी व्यावसायीलाई आर्थिक विकासमा पनि उदारणीय बन्न आग्रह गरे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]